Article 248धारा २४८National Human Rights Commissionराष्ट्रिय मानव अधिकार आयोग
In plain wordsसजिलो भाषामा
Sets up the National Human Rights Commission and sets how its members are appointed, their term and qualifications.राष्ट्रिय मानव अधिकार आयोगको गठन, अध्यक्ष र सदस्यको नियुक्ति, पदावधि तथा योग्यता तोक्छ।
- (1)–(2)(१)–(२)There will be a National Human Rights Commission of Nepal with a Chairperson and 4 other members, appointed by the President on the recommendation of the Constitutional Council.नेपालमा राष्ट्रिय मानव अधिकार आयोग रहन्छ, जसमा अध्यक्ष र अन्य ४ जना सदस्य हुन्छन्। राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा उनीहरूलाई नियुक्त गर्छ।
- (3)–(4)(३)–(४)The term is 6 years from the date of appointment. The Chairperson and members cannot be reappointed, but a member can be appointed Chairperson; the time as a member then counts in the term.पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुन्छ। अध्यक्ष र सदस्यको पुनः नियुक्ति हुन सक्दैन, तर सदस्यलाई अध्यक्षमा नियुक्त गर्न सकिन्छ। त्यसरी नियुक्त हुँदा पदावधि गणना गर्दा सदस्य भएको अवधि पनि जोडिन्छ।
- (5)(५)The office falls vacant on written resignation to the President, impeachment under Article 101, death, or removal by the President, on the Constitutional Council's recommendation, for inability to serve due to physical or mental illness.अध्यक्ष वा सदस्यले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, निजको मृत्यु भएमा, वा शारीरिक वा मानसिक अस्वस्थताका कारण काम गर्न असमर्थ भनी संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुन्छ।
- (6)(६)A retired Chief Justice or retired Justice of the Supreme Court who has made an outstanding contribution to protecting and promoting human rights can be appointed Chairperson.मानव अधिकारको संरक्षण र संवर्धनमा विशिष्ट योगदान पुर्याएका, प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पदबाट सेवानिवृत्त व्यक्ति अध्यक्षमा नियुक्त हुन सक्छन्।
- (6)(६)A renowned person who has been active for at least 20 years, with outstanding contributions, in protecting and promoting human rights or in various fields of national life can also be appointed Chairperson.मानव अधिकारको संरक्षण र संवर्धन वा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा कम्तीमा २० वर्ष क्रियाशील रही विशिष्ट योगदान पुर्याई ख्याति पाएको व्यक्ति पनि अध्यक्षमा नियुक्त हुन सक्छ।
- (6)(६)A member can be a person working in protecting and promoting human rights or the rights and interests of the child.मानव अधिकारको संरक्षण र संवर्धन वा बालबालिकाको हकहितको क्षेत्रमा कार्यरत व्यक्ति सदस्यमा नियुक्त हुन सक्छ।
- (6)(६)A renowned person active for at least 20 years, with outstanding contributions, in various fields of national life can also be appointed a member.राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा कम्तीमा २० वर्ष क्रियाशील रही विशिष्ट योगदान पुर्याई ख्याति पाएको व्यक्ति पनि सदस्यमा नियुक्त हुन सक्छ।
- (6)(६)The Chairperson and members must also have a bachelor's degree from a recognised university, be at least 45 years old, not be political party members when appointed, and be of high moral character.अध्यक्ष र सदस्यले मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको, ४५ वर्ष उमेर पूरा गरेको, नियुक्ति हुँदाका बखत राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको पनि हुनुपर्छ।
- (7)(७)Federal law sets the pay and conditions of service. These cannot be changed to the holders' disadvantage while in office, except in a state of emergency declared because of extreme economic disarray.अध्यक्ष र सदस्यको पारिश्रमिक र सेवाका शर्त संघीय कानून बमोजिम हुन्छन्। पदमा बहाल रहेसम्म मर्का पर्ने गरी तिनमा परिवर्तन गर्न पाइँदैन। तर चरम आर्थिक विश्रृंखलताका कारण सङ्कटकाल घोषणा भएमा यो व्यवस्था लागू हुँदैन।
- (8)(८)Anyone who has been Chairperson or a member cannot be appointed to other government service, except to a political post or a post that investigates, inquires, or advises after study or research.अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्त हुन सक्दैन। तर राजनीतिक पदमा, वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबीन गर्ने वा अध्ययन वा अन्वेषण गरी राय, मन्तव्य वा सिफारिस पेश गर्ने पदमा नियुक्त हुन यसले रोक्दैन।
Numbers in this textयस पाठका संख्या
- 4 members४ जना सदस्यmembers besides the Chairpersonअध्यक्षबाहेकका सदस्य
- 6 years६ वर्षterm of office of the Chairperson and membersअध्यक्ष र सदस्यको पदावधि
- 45 years४५ वर्षminimum age to be appointedनियुक्त हुन न्यूनतम उमेर
- 20 years२० वर्षminimum years active, for a renowned person to qualifyख्यातिप्राप्त व्यक्ति योग्य हुन चाहिने न्यूनतम क्रियाशील अवधि
Mentions Articleउल्लेख भएका धारा: 101१०१
The exact text of Article 248धारा २४८ को मूल पाठThe law itselfकानून आफैं
(1)There shall be a National Human Rights Commission of Nepal, consisting of a Chairperson and four other members.
(2)The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and members of the National Human Rights Commission.
(3)The term of office of the Chairperson and members of the National Human Rights Commission shall be six years from the date of appointment.
(4)The Chairperson and members appointed pursuant to clause (2) shall not be eligible for reappointment.
Provided that a Member may be appointed to the office of Chairperson, and when a member is so appointed as the Chairperson, his or her term of office shall be so computed as to include his or her term as the Member.
(5)Notwithstanding anything contained in clause (3), the office of the Chairperson or member of the National Human Rights Commission shall fall vacant in any of the following circumstances:-
(a)In case he or she tenders resignation in writing to the President;
(b)In case a motion of impeachment is adopted against him or her pursuant to Article 101;
(c)In case he or she is removed from office by the President on recommendation of the Constitutional Council on grounds of his or her inability to hold office and discharge the functions due to physical or mental illness;
(d)In case he or she dies.
(6)A person shall be eligible to be appointed as the Chairperson or a member of the National Human Rights Commission in case he or she possesses the following qualifications:-
(a)In the case of the Chairperson, one who is a retired Chief Justice or a retired Justice of Supreme Court and has rendered outstanding contribution to the protection and promotion of human rights or being a renowned person having been active for at least twenty years in and rendered outstanding contribution to the protection and promotion of human rights or to various fields of national life;
(b)In the case of a Member, one who is involved in the field of the protection and promotion of human rights or rights and interests of the child or being a renowned person having been active for at least twenty years in and rendered outstanding contribution to various fields of national life;
(c)One who has acquired a Bachelor's degree from a recognized university;
(d)One who has attained the age of forty-five years;
(e)One who is not a member of any political party at the time of appointment;
(f)One who bears high moral character.
(7)The remuneration and other conditions of service of the Chairperson and members of the National Human Rights Commission shall be as provided for in the federal law. The remuneration and conditions of service of the Chairperson and members of the National Human Rights Commission shall not, so long as they hold office, be altered to their disadvantage.
Provided that this provision shall not apply in cases where a state of emergency is declared because of extreme economic disarrays.
(8)A person once appointed as the Chairperson or a member of the National Human Rights Commission shall not be eligible for appointment in other government service.
Provided that nothing in this clause shall be deemed to be a bar to the appointment to any political position or to any position which has the responsibility of making investigations, inquiries or findings on any subject, or to any position which has the responsibility of submitting advice, opinion or recommendation after carrying out a study or research on any subject.
(१)नेपालमा एक राष्ट्रिय मानव अधिकार आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् ।
(२)राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ ।
(३)राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ ।
(४)उपधारा (२) बमोजिम नियुक्त अध्यक्ष तथा सदस्यको पुनः नियुक्ति हुन सक्ने छैन ।
तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिनेछ र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिनेछ ।
(५)उपधारा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा सदस्यको पद रिक्त हुनेछः–
(क)निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
(ख)निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,
(ग)शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा,
(घ)निजको मृत्यु भएमा ।
(६)देहायको योग्यता भएको व्यक्ति राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्तिका लागि योग्य हुनेछः–
(क)अध्यक्षको हकमा मानव अधिकारको संरक्षण र संवर्धनको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पदबाट सेवानिवृत्त व्यक्ति वा मानव अधिकारको संरक्षण र संवर्धन वा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा कम्तीमा बीस वर्ष क्रियाशील रही विशिष्ट योगदान पुर्याई ख्यातिप्राप्त गरेको,
(ख)सदस्यको हकमा मानव अधिकारको संरक्षण र संवर्धन, बालबालिकाको हकहितको क्षेत्रमा कार्यरत वा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा कम्तीमा बीस वर्ष क्रियाशील रही विशिष्ट योगदान पुर्याई ख्यातिप्राप्त गरेको,
(ग)मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको,
(घ)पैंतालिस वर्ष उमेर पूरा गरेको,
(ङ)नियुक्ति हुँदाका बखत राजनीतिक दलको सदस्य नरहेको,
(च)उच्च नैतिक चरित्र भएको ।
(७)राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक र सेवाका शर्त संघीय कानून बमोजिम हुनेछ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्य आफ्नो पदमा बहाल रहेसम्म निजहरूलाई मर्का पर्ने गरी पारिश्रमिक र सेवाका शर्त परिवर्तन गरिने छैन ।
तर चरम आर्थिक विश्रृंखलताका कारण सङ्कटकाल घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
(८)राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन ।
तर कुनै राजनीतिक पदमा वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबीन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय, मन्तव्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।