Nepal Public Dataनेपाल पब्लिक डाटा

Glossaryशब्दावली

What the words on this site meanयस साइटका शब्दको अर्थ

Plain explanations of the words this site uses to label, place, date and compare official figures.यस साइटले आधिकारिक तथ्याङ्कलाई लेबल लगाउन, स्थान र समय जनाउन र तुलना गर्न प्रयोग गर्ने शब्दको सरल व्याख्या।

49 terms in 8 groups, each named in English and Nepali.८ समूहमा ४९ शब्द, हरेकको नाम अङ्ग्रेजी र नेपाली दुवैमा।

How figures are labelledतथ्याङ्कका लेबल

Every figure says what kind of number it is and which file it comes from. In tables, a small letter after a figure gives its label: p provisional, r revised, e estimate, b budget, t target, c calculated; final figures have none.हरेक तथ्याङ्कले आफू कस्तो अङ्क हो र कुन फाइलबाट लिइएको हो भनेर देखाउँछ। तालिकामा अङ्कपछिको सानो अक्षरले लेबल जनाउँछ: प्रा प्रारम्भिक, सं संशोधित, अ अनुमान, ब बजेट, ल लक्ष्य, ग गणना गरिएको; अन्तिम तथ्याङ्कमा कुनै अक्षर हुँदैन।

Finalअन्तिम अन्तिमFinal

A figure as the publisher printed it, not marked as preliminary or as an estimate. If the publisher later changes it, the site shows the new figure, labelled revised.प्रकाशकले छापेकै रूपमा रहेको, प्रारम्भिक वा अनुमान नभनिएको तथ्याङ्क। प्रकाशकले पछि यसलाई बदलेमा साइटले नयाँ अङ्क संशोधित लेबलसहित देखाउँछ।

See also:यो पनि हेर्नुहोस्: RevisedसंशोधितHow we checkजाँच्ने विधि

Revisedसंशोधित संशोधितRevised

A figure the publisher has changed since it first published it, for example in a later report. When a figure already on this site changes, the old and the new figure are listed on the corrections page.पहिलो पटक प्रकाशित गरेपछि प्रकाशकले बदलेको तथ्याङ्क, जस्तै पछिल्लो प्रतिवेदनमा। यस साइटमा प्रकाशित भइसकेको तथ्याङ्क बदलिएमा पुरानो र नयाँ अङ्क सच्याइएको पृष्ठमा राखिन्छन्।

See also:यो पनि हेर्नुहोस्: Correctionsसच्याइएका

Provisionalप्रारम्भिक प्रारम्भिकProvisional

A first figure that the publisher marks as preliminary, or a figure for a fiscal year that has not ended. It can change. Charts draw provisional figures lighter, dashed or striped and say so in a note.प्रकाशकले प्रारम्भिक भनी जनाएको, वा नसकिएको आर्थिक वर्षको तथ्याङ्क। यो बदलिन सक्छ। चार्टमा प्रारम्भिक तथ्याङ्क हल्का रङ, टुक्रे रेखा वा धर्साले देखाइन्छ र टिप्पणीमा त्यसो भनिन्छ।

See also:यो पनि हेर्नुहोस्: RevisedसंशोधितFiscal yearआर्थिक वर्ष

Estimateअनुमान अनुमानEstimate

A figure the publisher calls an estimate, such as the agriculture census figures (worked out from a sample of farm households) or the revised estimates in the budget speech. Charts mark estimates the same way as provisional figures. Nepal Public Data makes no estimates of its own.प्रकाशकले अनुमान भनेको तथ्याङ्क, जस्तै कृषि गणनाका अङ्क (कृषक परिवारको नमुनाबाट निकालिएका) वा बजेट वक्तव्यका संशोधित अनुमान। चार्टमा अनुमानलाई प्रारम्भिक तथ्याङ्कजस्तै जनाइन्छ। नेपाल पब्लिक डाटाले आफ्नो कुनै अनुमान गर्दैन।

See also:यो पनि हेर्नुहोस्: Agricultural holdingकृषक परिवार (कृषि चलन)Provisionalप्रारम्भिक

Budgetबजेट बजेटBudget

An amount set in a budget: money allocated to be spent, or revenue planned to be collected, in a fiscal year. It is not money already spent or collected. The grants to local levels on this site are budget figures.बजेटमा तोकिएको रकम: आर्थिक वर्षभित्र खर्च गर्न विनियोजन गरिएको रकम, वा उठाउन लक्ष्य राखिएको राजस्व। यो खर्च वा सङ्कलन भइसकेको रकम होइन। यस साइटमा स्थानीय तहलाई दिइने अनुदान बजेटका अङ्क हुन्।

See also:यो पनि हेर्नुहोस्: Budget 2083/84बजेट २०८३/८४Public moneyसार्वजनिक वित्त

Targetलक्ष्य लक्ष्यTarget

A figure that a plan or a budget sets out to reach, such as a rate of economic growth. A target is not a result.योजना वा बजेटले पुग्न खोजेको अङ्क, जस्तै आर्थिक वृद्धिदर। लक्ष्य नतिजा होइन।

See also:यो पनि हेर्नुहोस्: Plans and SDGsयोजना र दिगो विकासBudget targets and spendingबजेटका लक्ष्य र खर्च

Calculatedगणना गरिएको गणना गरिएकोCalculated

A figure that Nepal Public Data worked out from published figures with simple arithmetic, such as a province total added up from its districts, a share or an amount per person. The method is always stated beside it.प्रकाशित तथ्याङ्कमा साधारण हिसाब गरेर नेपाल पब्लिक डाटाले निकालेको अङ्क, जस्तै जिल्लाहरू जोडेर बनेको प्रदेशको जम्मा, अंश वा प्रतिव्यक्ति रकम। विधि सधैँ साथै लेखिएको हुन्छ।

See also:यो पनि हेर्नुहोस्: Share (percent)अंश (प्रतिशत)Per personप्रतिव्यक्तिHow we checkजाँच्ने विधि

Source fileस्रोत फाइल स्रोत फाइलSource file

The government PDF or Excel file a figure was taken from. Every chart and table names the publisher, the file, and the table and page; the sources page lists every file with the web page where the publisher put it.तथ्याङ्क लिइएको सरकारी पीडीएफ वा एक्सेल फाइल। हरेक चार्ट र तालिकाले प्रकाशक, फाइल, र तालिका तथा पृष्ठ देखाउँछ; स्रोत पृष्ठमा हरेक फाइल र प्रकाशकले त्यसलाई राखेको वेब पृष्ठ छ।

See also:यो पनि हेर्नुहोस्: Sourcesस्रोतFingerprintडिजिटल छाप

Fingerprintडिजिटल छाप डिजिटल छापFingerprint

A 64-character code (SHA-256) worked out from the exact contents of a file. If even one character in the file changes, the code changes, so it shows exactly which version of a file a figure was taken from. The sources page gives the fingerprint of every file.फाइलको हुबहु सामग्रीबाट निकालिने ६४ अक्षर र अङ्कको सङ्केत (SHA-256)। फाइलमा एउटा अक्षर मात्र बदलिए पनि सङ्केत बदलिन्छ, त्यसैले तथ्याङ्क फाइलको कुन संस्करणबाट लिइयो भन्ने यसले ठ्याक्कै देखाउँछ। स्रोत पृष्ठमा हरेक फाइलको डिजिटल छाप छ।

See also:यो पनि हेर्नुहोस्: Sourcesस्रोत

Placesस्थान

Nepal has three levels of government: federal, province and local. The site has a page for Nepal and for each of its 7 provinces, 77 districts and 753 local levels.नेपालमा सरकारका तीन तह छन्: सङ्घ, प्रदेश र स्थानीय। साइटमा नेपाल र यसका ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तह प्रत्येकको पृष्ठ छ।

Provinceप्रदेश प्रदेशProvince

One of the 7 provinces created by the Constitution of Nepal (2015): Koshi, Madhesh, Bagmati, Gandaki, Lumbini, Karnali and Sudurpashchim. Each has its own elected assembly and government.नेपालको संविधान (२०७२) ले बनाएका ७ प्रदेशमध्ये एक: कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम। हरेक प्रदेशको आफ्नै निर्वाचित प्रदेश सभा र सरकार छ।

See also:यो पनि हेर्नुहोस्: Placesस्थान

Districtजिल्ला जिल्लाDistrict

Nepal has 77 districts. Each lies within one province, and each local level lies within one district. Many government figures are published by district.नेपालमा ७७ जिल्ला छन्। हरेक जिल्ला एउटा प्रदेशभित्र पर्छ, र हरेक स्थानीय तह एउटा जिल्लाभित्र। धेरै सरकारी तथ्याङ्क जिल्लाअनुसार प्रकाशित हुन्छन्।

See also:यो पनि हेर्नुहोस्: Placesस्थान

Local levelस्थानीय तह स्थानीय तहLocal level

The 753 local governments, often called palikas: 6 metropolitan cities, 11 sub-metropolitan cities, 276 municipalities and 460 rural municipalities. Each has an elected head and deputy and is divided into wards. They replaced the earlier village development committees and municipalities in 2017.७५३ स्थानीय सरकार, जसलाई प्रायः पालिका भनिन्छ: ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका। हरेक स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख (गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष) हुन्छन्, र हरेक स्थानीय तह वडामा बाँडिएको हुन्छ। वि.सं. २०७३ मा यिनले पहिलेका गाउँ विकास समिति र नगरपालिकाको ठाउँ लिए।

See also:यो पनि हेर्नुहोस्: Provinces and local governmentsप्रदेश र स्थानीय सरकारRankingsतुलना

Rural municipalityगाउँपालिका गाउँपालिकाRural municipality

A local level in a mainly rural area, led by an elected chairperson and vice-chairperson. Nepal has 460.मुख्य रूपमा ग्रामीण क्षेत्रको स्थानीय तह, जसको नेतृत्व निर्वाचित अध्यक्ष र उपाध्यक्षले गर्छन्। नेपालमा ४६० गाउँपालिका छन्।

See also:यो पनि हेर्नुहोस्: Local levelस्थानीय तहWardवडा

Municipalityनगरपालिका नगरपालिकाMunicipality

An urban local level, led by an elected mayor and deputy mayor. Nepal has 276; bigger cities are sub-metropolitan or metropolitan cities.सहरी स्थानीय तह, जसको नेतृत्व निर्वाचित प्रमुख र उपप्रमुखले गर्छन्। नेपालमा २७६ नगरपालिका छन्; ठूला सहर उपमहानगरपालिका वा महानगरपालिका हुन्।

See also:यो पनि हेर्नुहोस्: Local levelस्थानीय तहSub-metropolitan cityउपमहानगरपालिका

Sub-metropolitan cityउपमहानगरपालिका उपमहानगरपालिकाSub-metropolitan city

A city ranked above a municipality, led by an elected mayor and deputy mayor. Nepal has 11, among them Dharan, Butwal and Dhangadhi.नगरपालिकाभन्दा माथिल्लो श्रेणीको सहर, जसको नेतृत्व निर्वाचित प्रमुख र उपप्रमुखले गर्छन्। नेपालमा ११ उपमहानगरपालिका छन्, जसमध्ये धरान, बुटवल र धनगढी पर्छन्।

See also:यो पनि हेर्नुहोस्: Local levelस्थानीय तहMetropolitan cityमहानगरपालिका

Metropolitan cityमहानगरपालिका महानगरपालिकाMetropolitan city

The highest rank of local level, for the biggest cities, led by an elected mayor and deputy mayor. Nepal has 6: Kathmandu, Lalitpur, Pokhara, Bharatpur, Biratnagar and Birgunj.ठूला सहरका लागि स्थानीय तहको सबैभन्दा माथिल्लो श्रेणी, जसको नेतृत्व निर्वाचित प्रमुख र उपप्रमुखले गर्छन्। नेपालमा ६ महानगरपालिका छन्: काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर, बिराटनगर र बिरगन्ज।

See also:यो पनि हेर्नुहोस्: Local levelस्थानीय तह

Wardवडा वडाWard

The smallest unit of local government. Every local level is divided into wards, and each ward elects its own chair and members.स्थानीय सरकारको सबैभन्दा सानो एकाइ। हरेक स्थानीय तह वडामा बाँडिएको हुन्छ, र हरेक वडाले आफ्नै वडाध्यक्ष र सदस्य चयन गर्छ।

See also:यो पनि हेर्नुहोस्: Wardsवडा सङ्ख्याElectionsनिर्वाचन

Timeसमय

Each figure says which period it covers. Nepal's official calendar is Bikram Sambat, and many government figures follow the fiscal year.हरेक तथ्याङ्कले कुन अवधि समेट्छ भनेर देखाउँछ। नेपालको आधिकारिक पात्रो विक्रम संवत् हो, र धेरै सरकारी तथ्याङ्क आर्थिक वर्षअनुसार हुन्छन्।

Bikram Sambat (BS) and ADविक्रम संवत् (वि.सं.) र ईस्वी संवत् (ई.सं.) विक्रम संवत् (वि.सं.) र ईस्वी संवत् (ई.सं.)Bikram Sambat (BS) and AD

Bikram Sambat is Nepal's official calendar; AD is the international (Gregorian) calendar. A BS year starts in mid-April, so it spans two AD years: BS 2081 ran from April 2024 to April 2025. To get the AD year, subtract 57 from the BS year for dates from mid-April to December, and 56 for dates from January to mid-April.विक्रम संवत् नेपालको आधिकारिक पात्रो हो, र ईस्वी संवत् अन्तर्राष्ट्रिय पात्रो। वि.सं. को वर्ष वैशाख १ गते, अर्थात् अप्रिलको मध्यमा सुरु हुने भएकाले एउटै वि.सं. वर्ष दुई ई.सं. वर्षमा पर्छ: वि.सं. २०८१ अप्रिल २०२४ देखि अप्रिल २०२५ सम्म थियो। ई.सं. वर्ष निकाल्न अप्रिलको मध्यदेखि डिसेम्बरसम्मका मितिमा वि.सं. वर्षबाट ५७, र जनवरीदेखि अप्रिलको मध्यसम्मका मितिमा ५६ घटाउनुहोस्।

See also:यो पनि हेर्नुहोस्: Fiscal yearआर्थिक वर्ष

Fiscal yearआर्थिक वर्ष आर्थिक वर्षFiscal year

The government's year for budgets, revenue, spending and many other figures. It runs from 1 Shrawan (mid-July) to the end of Asar (mid-July the next year) and is written with both BS years: FY 2081/82 ran from mid-July 2024 to mid-July 2025, which is 2024/25 in AD.बजेट, राजस्व, खर्च र अन्य धेरै तथ्याङ्कका लागि सरकारले प्रयोग गर्ने वर्ष। यो साउन १ गते (जुलाईको मध्य) देखि अर्को वर्षको असार मसान्त (जुलाईको मध्य) सम्म हुन्छ र दुवै वि.सं. वर्ष लेखेर जनाइन्छ: आ.व. २०८१/८२ जुलाई २०२४ को मध्यदेखि जुलाई २०२५ को मध्यसम्म थियो, जुन ई.सं. मा २०२४/२५ हो।

See also:यो पनि हेर्नुहोस्: Bikram Sambat (BS) and ADविक्रम संवत् (वि.सं.) र ईस्वी संवत् (ई.सं.)Fiscal year to dateआर्थिक वर्षको हालसम्म

Fiscal year to dateआर्थिक वर्षको हालसम्म आर्थिक वर्षको हालसम्मFiscal year to date

A running total from the start of the fiscal year (1 Shrawan, mid-July) up to the month or day shown: a figure for Poush covers Shrawan to Poush. Nepal Rastra Bank and the Financial Comptroller General Office report remittances, trade, revenue and spending this way.आर्थिक वर्षको सुरु (साउन १ गते, जुलाईको मध्य) देखि देखाइएको महिना वा दिनसम्मको जम्मा: पुसको अङ्कले साउनदेखि पुससम्म समेट्छ। नेपाल राष्ट्र बैंक र महालेखा नियन्त्रक कार्यालयले विप्रेषण, व्यापार, राजस्व र खर्च यसरी नै प्रकाशित गर्छन्।

See also:यो पनि हेर्नुहोस्: Remittancesविप्रेषणPublic moneyसार्वजनिक वित्त

The economyअर्थतन्त्र

Words from the national accounts of the National Statistics Office and the monthly reports of Nepal Rastra Bank.राष्ट्रिय तथ्याङ्क कार्यालयको राष्ट्रिय लेखा र नेपाल राष्ट्र बैंकका मासिक प्रतिवेदनमा आउने शब्द।

GDP (gross domestic product)कुल गार्हस्थ्य उत्पादन कुल गार्हस्थ्य उत्पादनGDP (gross domestic product)

The value of all the goods and services produced in Nepal in a fiscal year, each counted once. The National Statistics Office publishes it, and the figure for the latest year is a preliminary estimate. GDP per person is GDP divided by the population.एक आर्थिक वर्षमा नेपालभित्र उत्पादन भएका सबै वस्तु तथा सेवाको मूल्य, हरेकलाई एक पटक मात्र गनेर। यसलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गर्छ, र पछिल्लो वर्षको अङ्क प्रारम्भिक अनुमान हुन्छ। प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भनेको कुल गार्हस्थ्य उत्पादनलाई जनसङ्ख्याले भाग गर्दा आउने अङ्क हो।

See also:यो पनि हेर्नुहोस्: Current and constant pricesचालू मूल्य र स्थिर मूल्यGDP at current pricesचालू मूल्यमा कुल गार्हस्थ्य उत्पादनEconomyअर्थतन्त्र

Current and constant pricesचालू मूल्य र स्थिर मूल्य चालू मूल्य र स्थिर मूल्यCurrent and constant prices

Amounts at current prices are in the prices of their own year, so they rise when prices rise. Amounts at constant prices are valued at the prices of one base year (2010/11 for Nepal's GDP), so they show only the change in quantity. Economic growth is the change in GDP at constant prices.चालू मूल्यका रकम सोही वर्षको मूल्यमा हुन्छन्, त्यसैले मूल्य बढ्दा यी पनि बढ्छन्। स्थिर मूल्यका रकम एउटै आधार वर्षको मूल्यमा (नेपालको कुल गार्हस्थ्य उत्पादनका लागि २०६७/६८) निकालिन्छन्, त्यसैले यिनले परिमाणको परिवर्तन मात्र देखाउँछन्। आर्थिक वृद्धिदर भनेको स्थिर मूल्यमा कुल गार्हस्थ्य उत्पादनमा भएको परिवर्तन हो।

See also:यो पनि हेर्नुहोस्: GDP (gross domestic product)कुल गार्हस्थ्य उत्पादनEconomic growthआर्थिक वृद्धिदर

Inflation and the consumer price indexमुद्रास्फीति र उपभोक्ता मूल्य सूचकाङ्क मुद्रास्फीति र उपभोक्ता मूल्य सूचकाङ्कInflation and the consumer price index

The consumer price index follows the prices of a fixed basket of goods and services that households buy; it is set to 100 in a base year (2023/24 for the current index). Inflation is the change in the index from the same month a year earlier, in percent. Nepal Rastra Bank publishes both every month.उपभोक्ता मूल्य सूचकाङ्कले परिवारले किन्ने वस्तु तथा सेवाको एउटा निश्चित समूहको मूल्य नाप्छ; आधार वर्षमा यो १०० हुन्छ (हालको सूचकाङ्कको आधार वर्ष २०८०/८१)। गत वर्षको सोही महिनाको तुलनामा सूचकाङ्कमा भएको प्रतिशत परिवर्तन नै मुद्रास्फीति हो। नेपाल राष्ट्र बैंकले दुवै हरेक महिना प्रकाशित गर्छ।

See also:यो पनि हेर्नुहोस्: Inflationमुद्रास्फीतिPercentage pointप्रतिशत बिन्दु

Remittancesविप्रेषण विप्रेषणRemittances

Money that Nepalis working abroad send home. The site shows workers' remittances as Nepal Rastra Bank records them, mostly as a fiscal-year-to-date total.विदेशमा काम गर्ने नेपालीले घर पठाउने पैसा। साइटले नेपाल राष्ट्र बैंकले अभिलेख गरेको कामदार विप्रेषण देखाउँछ, प्रायः आर्थिक वर्षको हालसम्मको जम्माका रूपमा।

See also:यो पनि हेर्नुहोस्: Remittances received, fiscal year to dateविप्रेषण आप्रवाह, आर्थिक वर्षको हालसम्मJobs and remittancesरोजगारी र विप्रेषणFiscal year to dateआर्थिक वर्षको हालसम्म

Public moneyसार्वजनिक वित्त

The money the federal government shares with provinces and local levels, and the Auditor General's findings. The grant figures on this site are the amounts the federal budget allocates to each local level.सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँग बाँड्ने रकम, र महालेखा परीक्षकको लेखापरीक्षणका नतिजा। यस साइटका अनुदानका अङ्क सङ्घीय बजेटले हरेक स्थानीय तहलाई विनियोजन गरेको रकम हुन्।

Equalization grantवित्तीय समानीकरण अनुदान वित्तीय समानीकरण अनुदानEqualization grant

Money the federal government gives each province and local level to spend on its own priorities. The amount is set by a formula recommended by the National Natural Resources and Fiscal Commission, which looks at how much a place needs to spend and how much revenue it can raise itself.सङ्घीय सरकारले हरेक प्रदेश र स्थानीय तहलाई आफ्नै प्राथमिकतामा खर्च गर्न दिने रकम। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सूत्रअनुसार, खर्चको आवश्यकता र आफैँ राजस्व उठाउन सक्ने क्षमता हेरेर, यो रकम तोकिन्छ।

See also:यो पनि हेर्नुहोस्: Equalization grantवित्तीय समानीकरण अनुदानGrants to local levels, 2083/84स्थानीय तहलाई अनुदान, २०८३/८४

Conditional grantसशर्त अनुदान सशर्त अनुदानConditional grant

Money the federal government gives a province or local level for programmes the federal government sets, for example in education or health, to be spent under the conditions that come with it.सङ्घीय सरकारले तोकेका कार्यक्रम, जस्तै शिक्षा वा स्वास्थ्यका, सञ्चालन गर्न प्रदेश वा स्थानीय तहलाई दिने रकम, जुन साथमा तोकिएका सर्तअनुसार खर्च गर्नुपर्छ।

See also:यो पनि हेर्नुहोस्: Conditional grantसशर्त अनुदान

Special grantविशेष अनुदान विशेष अनुदानSpecial grant

Money for a particular project run by a province or local level: to provide basic services such as education, health and drinking water, to balance development between places, or to support groups that have faced discrimination.प्रदेश वा स्थानीय तहले सञ्चालन गर्ने कुनै खास आयोजनाका लागि दिइने रकम: शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सेवा पुर्‍याउन, ठाउँहरूबीच सन्तुलित विकास गर्न, वा विभेदमा परेका वर्ग र समुदायको उत्थान गर्न।

See also:यो पनि हेर्नुहोस्: Special grantविशेष अनुदान

Complementary grantसमपूरक अनुदान समपूरक अनुदानComplementary grant

Money for an infrastructure project that the province or local level also pays part of itself: a matching grant.प्रदेश वा स्थानीय तहले आफैँ पनि लागतको केही भाग बेहोर्ने पूर्वाधार आयोजनाका लागि दिइने रकम।

See also:यो पनि हेर्नुहोस्: Complementary grantसमपूरक अनुदान

Royaltyरोयल्टी रोयल्टीRoyalty

A charge the government collects for the use of natural resources: mountaineering, hydropower, forests, protected areas, and mines and minerals. By law half stays with the federal government, and the rest is shared between the province and the local levels where the resource is.प्राकृतिक स्रोतको उपयोगबापत सरकारले उठाउने शुल्क: पर्वतारोहण, जलविद्युत्, वन, संरक्षित क्षेत्र, र खानी तथा खनिज। कानुनअनुसार यसको आधा सङ्घीय सरकारमा रहन्छ, र बाँकी आधा स्रोत रहेको प्रदेश र स्थानीय तहबीच बाँडिन्छ।

See also:यो पनि हेर्नुहोस्: Royalty shared with local governmentsस्थानीय तहलाई बाँडफाँड गरिएको रोयल्टीProvinces and local governmentsप्रदेश र स्थानीय सरकार

Audit irregularities (beruju)बेरुजु बेरुजुAudit irregularities (beruju)

Transactions that the Auditor General's audit finds were made without following the law, without keeping the required accounts, or irregularly. Some amounts must be recovered, some can be regularised, for example with missing documents, and the rest are advances not cleared on time; they stay on the books until settled.महालेखा परीक्षकको लेखापरीक्षणबाट देखिएको, कानुनबमोजिम रीत नपुर्‍याई गरिएको, लेखा नराखिएको वा अनियमित रूपमा गरिएको कारोबार। केही रकम असुल गर्नुपर्ने, केही प्रमाण कागजात आदिबाट नियमित गर्नुपर्ने, र बाँकी समयमा फर्छ्यौट नभएको पेस्की हुन्छ; फर्छ्यौट नभएसम्म बेरुजु बाँकी रहन्छ।

See also:यो पनि हेर्नुहोस्: Irregularities found (beruju)लेखापरीक्षणबाट देखिएको बेरुजुAuditलेखापरीक्षण

Banksबैंक

The words Nepal Rastra Bank and the banks use for a bank's health, its lending and its interest rates, as the commercial banks page shows them.बैंकको अवस्था, कर्जा र ब्याजदर बुझाउन नेपाल राष्ट्र बैंक र बैंकहरूले प्रयोग गर्ने शब्द, वाणिज्य बैंक पृष्ठमा देखाइएअनुसार।

Non-performing loanनिष्क्रिय कर्जा निष्क्रिय कर्जाNon-performing loan

A loan that Nepal Rastra Bank's rules class as substandard, doubtful or loss: broadly, one overdue by more than three months. The share of a bank's loans that are non-performing reads as rupees of every Rs 100 lent. Net non-performing loans are what is left after the money the bank has set aside for them.राष्ट्र बैंकको नियमअनुसार कमसल, शंकास्पद वा खराब वर्गमा परेको कर्जा: सामान्यतया तीन महिनाभन्दा बढी भाका नाघेको। बैंकको कर्जामा निष्क्रिय कर्जाको अंशलाई हरेक रु. १०० कर्जामा कति भनेर पढ्न सकिन्छ। खुद निष्क्रिय कर्जा भनेको बैंकले त्यसका लागि छुट्याएको रकम घटाएपछि बाँकी रहने निष्क्रिय कर्जा हो।

See also:यो पनि हेर्नुहोस्: Commercial banksवाणिज्य बैंकNon-performing loansनिष्क्रिय कर्जा

Capital adequacy ratioपुँजी पर्याप्तता अनुपात पुँजी पर्याप्तता अनुपातCapital adequacy ratio

A bank's capital (its shareholders' money and the profits it has kept) as a percent of its loans and investments, each weighted by its risk. It shows how much of the bank's own money stands behind every Rs 100 at risk, before depositors' money would be.बैंकको पुँजी (शेयरधनीको रकम र राखिएको मुनाफा) लाई जोखिमअनुसार भार दिइएको कर्जा र लगानीको प्रतिशतमा राखिएको अनुपात। निक्षेपकर्ताको रकमभन्दा अघि जोखिममा रहेको हरेक रु. १०० पछाडि बैंकको आफ्नै रकम कति छ भनेर यसले देखाउँछ।

See also:यो पनि हेर्नुहोस्: Commercial banksवाणिज्य बैंकCapital adequacy ratio (CAR)पुँजी पर्याप्तता अनुपात

Credit-to-deposit ratioकर्जा-निक्षेप अनुपात कर्जा-निक्षेप अनुपातCredit-to-deposit ratio

A bank's loans as a percent of its deposits, with the adjustments in Nepal Rastra Bank's directives: how many rupees it has lent for every Rs 100 deposited. NRB's table of key financial indicators says it should be within 90%.राष्ट्र बैंकको निर्देशनअनुसारको समायोजनसहित, बैंकको निक्षेपको प्रतिशतमा कर्जा: हरेक रु. १०० निक्षेपमा कति रुपैयाँ कर्जा दिइएको छ। राष्ट्र बैंकको प्रमुख वित्तीय सूचकको तालिकाअनुसार यो ९०% भित्र हुनुपर्छ।

See also:यो पनि हेर्नुहोस्: Commercial banksवाणिज्य बैंकCredit-to-deposit ratioकर्जा-निक्षेप अनुपात

Base rateआधार दर आधार दरBase rate

The lowest interest rate a bank may charge on a loan. Each loan's rate is the base rate plus a premium, so when the base rate changes, the rates of loans linked to it change too.बैंकले कर्जामा लिन सक्ने न्यूनतम ब्याजदर। हरेक कर्जाको ब्याजदर आधार दरमा प्रिमियम थपेर बन्छ, त्यसैले आधार दर बदलिँदा त्यससँग जोडिएका कर्जाको ब्याजदर पनि बदलिन्छ।

See also:यो पनि हेर्नुहोस्: Commercial banksवाणिज्य बैंकBase rateआधार दर

Interest spreadब्याजदर अन्तर ब्याजदर अन्तरInterest spread

The gap between the average interest rate a bank charges on its loans and the average rate it pays on its deposits, in percentage points.बैंकले कर्जामा लिने औसत ब्याजदर र निक्षेपमा दिने औसत ब्याजदरबीचको फरक, प्रतिशत विन्दुमा।

See also:यो पनि हेर्नुहोस्: Commercial banksवाणिज्य बैंकInterest spreadब्याजदर अन्तरPercentage pointप्रतिशत बिन्दु

Cost of fundsकोषको लागत कोषको लागतCost of funds

What a bank paid on average, as interest, for the deposits and borrowings it used, as the bank reports it.बैंकले प्रयोग गरेको निक्षेप र सापटीका लागि औसतमा तिरेको ब्याज, बैंक आफैँले प्रतिवेदन गरेअनुसार।

See also:यो पनि हेर्नुहोस्: Commercial banksवाणिज्य बैंकCost of fundsकोषको लागत

Unaudited quarterly reportअलेखापरीक्षित त्रैमासिक प्रतिवेदन अलेखापरीक्षित त्रैमासिक प्रतिवेदनUnaudited quarterly report

The financial statements a bank publishes every quarter, in a format Nepal Rastra Bank sets, before an auditor has checked them. Its figures can change in the audited annual accounts. The site shows them as the bank's own figures, not government data.राष्ट्र बैंकले तोकेको ढाँचामा बैंकले हरेक त्रैमासमा, लेखापरीक्षकले जाँच्नुअघि प्रकाशित गर्ने वित्तीय विवरण। लेखापरीक्षण भएको वार्षिक हिसाबमा यसका अङ्क बदलिन सक्छन्। साइटले यिनलाई सरकारी तथ्याङ्क नभई बैंकको आफ्नै तथ्याङ्कका रूपमा देखाउँछ।

See also:यो पनि हेर्नुहोस्: Commercial banksवाणिज्य बैंकProvisionalप्रारम्भिक

People and homesजनसङ्ख्या र घरपरिवार

Words from the population census and the agriculture census, both carried out by the National Statistics Office.राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने जनगणना र कृषि गणनामा आउने शब्द।

Censusजनगणना जनगणनाCensus

A count of everyone who lives in the country, carried out by the National Statistics Office about every ten years. The latest was in 2021 (BS 2078). The site has figures from every census since 1952/54, and the 2021 census in detail for every local level.देशमा बस्ने सबै व्यक्तिको गणना, जुन राष्ट्रिय तथ्याङ्क कार्यालयले करिब हरेक दस वर्षमा गर्छ। पछिल्लो जनगणना वि.सं. २०७८ (ई.सं. २०२१) मा भयो। साइटमा २००९/११ देखिका सबै जनगणनाका तथ्याङ्क, र हरेक स्थानीय तहको २०७८ को जनगणनाको विस्तृत विवरण छ।

See also:यो पनि हेर्नुहोस्: Peopleजनसङ्ख्याHouseholdपरिवार

Householdपरिवार परिवारHousehold

In the census, a household is one person, or a group of people, who usually live together and share a kitchen, whether or not they are related. One house can hold more than one household. Average household size is the population divided by the number of households.जनगणनामा परिवार भन्नाले सामान्यतया सँगै बस्ने र एउटै भान्सा प्रयोग गर्ने एक वा एकभन्दा बढी व्यक्ति बुझिन्छ, उनीहरू नातेदार होऊन् वा नहोऊन्। एउटै घरमा एकभन्दा बढी परिवार बस्न सक्छन्। औसत परिवार आकार भनेको जनसङ्ख्यालाई परिवार सङ्ख्याले भाग गर्दा आउने अङ्क हो।

See also:यो पनि हेर्नुहोस्: Householdsपरिवार सङ्ख्याHomesघरपरिवार

Absent populationअनुपस्थित जनसङ्ख्या अनुपस्थित जनसङ्ख्याAbsent population

Household members who, their households told the census, were living away from home, abroad or elsewhere in Nepal. The National Statistics Office counts someone as absent abroad who has lived abroad for more than six months and may return. People living abroad are not counted in Nepal's census population.जनगणनामा परिवारले घरबाहिर, विदेशमा वा नेपालभित्रै अन्यत्र, बसेको भनी जनाएका सदस्य। ६ महिनाभन्दा बढी समयदेखि विदेशमा बसेका र फर्किन सक्ने व्यक्तिलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले विदेशमा अनुपस्थित मान्छ। विदेशमा बसेका व्यक्ति नेपालको जनगणनाको जनसङ्ख्यामा गनिँदैनन्।

See also:यो पनि हेर्नुहोस्: Absent population, within Nepal and abroadअनुपस्थित जनसङ्ख्या, देशभित्र र विदेशमाJobs and remittancesरोजगारी र विप्रेषण

Literacy rateसाक्षरता दर साक्षरता दरLiteracy rate

The percent of people aged 5 and over who can read and write in any language, as counted in the census. The site also gives it for women and for men.५ वर्ष वा माथिका व्यक्तिमध्ये कुनै पनि भाषामा पढ्न र लेख्न सक्नेको प्रतिशत, जनगणनाअनुसार। साइटमा महिला र पुरुषको दर छुट्टाछुट्टै पनि छ।

See also:यो पनि हेर्नुहोस्: Literacy rateसाक्षरता दरEducationशिक्षा

Agricultural holdingकृषक परिवार (कृषि चलन) कृषक परिवार (कृषि चलन)Agricultural holding

A farm run by one household, as counted by the agriculture census: all the land it farms, owned or rented, and the animals it keeps. A household counts if it grows crops on at least a quarter of a ropani in the hills (eight dhur in the Tarai), or keeps at least one head of cattle or buffalo, five goats or sheep, or 20 poultry. The 2021/22 census estimated the number from a sample.कृषि गणनाले गन्ने, एउटै परिवारले सञ्चालन गर्ने खेती: त्यसले चलन गरेको सबै जग्गा (आफ्नै वा अरूको) र पालेका पशुपन्छी। पहाडमा कम्तीमा चार आना (रोपनीको चौथाइ) वा तराईमा आठ धुर जग्गामा बाली लगाउने, वा कम्तीमा एउटा गाईगोरु वा राँगाभैँसी, पाँच भेडाबाख्रा वा २० पन्छी पाल्ने परिवार यसमा गनिन्छ। राष्ट्रिय नमुना कृषि गणना २०७८ ले यो सङ्ख्या नमुनाका आधारमा अनुमान गरेको हो।

See also:यो पनि हेर्नुहोस्: Agricultural holdingsकृषक परिवार (कृषि चलन) सङ्ख्याFarmingकृषिEstimateअनुमान

Rates and comparisonsदर र तुलना

Places and years differ in size, so figures are often compared per person, as shares or by rank. When Nepal Public Data works such a figure out itself, it is labelled calculated.स्थान र वर्षअनुसार आकार फरक हुने भएकाले तथ्याङ्क प्रायः प्रतिव्यक्ति, अंश वा क्रमका रूपमा तुलना गरिन्छ। यस्तो अङ्क नेपाल पब्लिक डाटा आफैँले निकालेको भए त्यसलाई गणना गरिएको भनी जनाइन्छ।

Per personप्रतिव्यक्ति प्रतिव्यक्तिPer person

A total divided by the number of people, so that places of different sizes can be compared. For example, grants per person are a local level's grants divided by its population in the 2021 census.कुनै जम्मालाई जनसङ्ख्याले भाग गरेको अङ्क, जसले गर्दा फरक आकारका स्थान तुलना गर्न सकिन्छ। जस्तै, प्रतिव्यक्ति अनुदान भनेको स्थानीय तहको अनुदानलाई त्यहाँको २०७८ को जनगणनाको जनसङ्ख्याले भाग गर्दा आउने रकम हो।

See also:यो पनि हेर्नुहोस्: Calculatedगणना गरिएकोRankingsतुलना

Per 1,000 or per 100,000 peopleप्रति १,००० वा प्रति १,००,००० जना प्रति १,००० वा प्रति १,००,००० जनाPer 1,000 or per 100,000 people

A count divided by the population and multiplied by 1,000 or 100,000, used when the count is small next to the population. For example, 20 births per 1,000 people means 20 births for every 1,000 people living there. Some rates use another base, such as deaths of mothers per 100,000 live births.कुनै सङ्ख्यालाई जनसङ्ख्याले भाग गरी १,००० वा १,००,००० ले गुणन गरेको अङ्क; जनसङ्ख्याको तुलनामा सङ्ख्या सानो हुँदा यसो गरिन्छ। जस्तै, प्रति १,००० जनामा २० जन्म भन्नाले त्यहाँ बस्ने हरेक १,००० जनामा २० जन्म भएको भन्ने हो। केही दरको आधार फरक हुन्छ, जस्तै प्रति १,००,००० जीवित जन्ममा मातृ मृत्यु।

See also:यो पनि हेर्नुहोस्: Per personप्रतिव्यक्ति

Share (percent)अंश (प्रतिशत) अंश (प्रतिशत)Share (percent)

A part as a percent of the whole: the part divided by the whole, times 100. For example, the share of women in a district's population is the number of women divided by the population, times 100.सम्पूर्णमा कुनै हिस्साको प्रतिशत: हिस्सालाई सम्पूर्णले भाग गरी १०० ले गुणन गरेको अङ्क। जस्तै, कुनै जिल्लाको जनसङ्ख्यामा महिलाको अंश भनेको महिलाको सङ्ख्यालाई कुल जनसङ्ख्याले भाग गरी १०० ले गुणन गर्दा आउने अङ्क हो।

See also:यो पनि हेर्नुहोस्: Percentage pointप्रतिशत बिन्दुCalculatedगणना गरिएको

Percentage pointप्रतिशत बिन्दु प्रतिशत बिन्दुPercentage point

The difference between two percents. If a rate goes from 40% to 50%, it rises by 10 percentage points, which is an increase of 25 percent on the earlier rate.दुई प्रतिशतबीचको फरक। कुनै दर ४०% बाट ५०% पुगेमा यो १० प्रतिशत बिन्दुले बढेको हुन्छ, जुन पहिलेको दरको तुलनामा २५ प्रतिशतको वृद्धि हो।

See also:यो पनि हेर्नुहोस्: Share (percent)अंश (प्रतिशत)

Averageऔसत औसतAverage

A total divided by how many there are, also called the mean: the average of 2, 3 and 10 is 15 ÷ 3 = 5. A few very large values can pull an average above most of the values.जम्मालाई सङ्ख्याले भाग गर्दा आउने अङ्क: २, ३ र १० को औसत १५ ÷ ३ = ५ हो। केही धेरै ठूला मानले औसतलाई धेरैजसो मानभन्दा माथि तान्न सक्छन्।

See also:यो पनि हेर्नुहोस्: Medianमध्यिकाAverage household sizeऔसत परिवार आकार

Medianमध्यिका मध्यिकाMedian

The middle value when all values are put in order, so half are below it and half above: the median of 2, 3 and 10 is 3. The median age divides the population into two halves of equal size, one younger and one older.सबै मानलाई सानोदेखि ठूलोसम्म क्रममा राख्दा बीचमा पर्ने मान, जसभन्दा आधा तल र आधा माथि हुन्छन्: २, ३ र १० को मध्यिका ३ हो। मध्यिका उमेरले जनसङ्ख्यालाई कम उमेर र बढी उमेरका बराबर दुई भागमा बाँड्छ।

See also:यो पनि हेर्नुहोस्: AverageऔसतMedian ageमध्यिका उमेर

Rankक्रम क्रमRank

A place's position when places are put in order of a figure. Rank 1 is the highest figure, or the lowest when the page sorts from lowest, and equal figures share a rank. A rank says nothing about why places differ.कुनै तथ्याङ्कका आधारमा स्थानहरूलाई क्रममा राख्दा कुनै एक स्थान कुन नम्बरमा पर्छ भन्ने। पृष्ठले न्यूनदेखि क्रम मिलाएको छैन भने क्रम १ सबैभन्दा उच्च तथ्याङ्क हो, र बराबर तथ्याङ्कको क्रम एउटै हुन्छ। क्रमले स्थानहरू किन फरक छन् भन्ने बताउँदैन।

See also:यो पनि हेर्नुहोस्: Rankingsतुलना

Back to topमाथि जानुहोस्