Nepal Public Dataनेपाल पब्लिक डाटा

Constitution of Nepalनेपालको संविधान

The 9 schedules९ अनुसूची

The schedules at the back of the Constitution: the national flag, anthem and coat of arms, the districts in each province, and the five lists of which level of government has power over what.संविधानको पछाडि रहेका अनुसूची: राष्ट्रिय झण्डा, राष्ट्रिय गान र निशान छाप, हरेक प्रदेशका जिल्ला, र कुन तहको सरकारको अधिकार के–केमा छ भन्ने पाँच सूची।

The 9 schedules९ अनुसूची
  1. 1१National Flag of Nepalनेपालको राष्ट्रिय झण्डाSets out, step by step, how to make the National Flag of Nepal.नेपालको राष्ट्रिय झण्डा बनाउने तरीका क्रमैसँग बताउँछ।
  2. 2२National Anthem of Nepalनेपालको राष्ट्रिय गान
  3. 3३Coat of Arms of Nepalनेपालको निशान छापThe Coat of Arms of Nepal can be made larger or smaller as needed, in colours set by the Government of Nepal.नेपालको निशान छाप आवश्यकता अनुसार ठूलो वा सानो बनाउन सकिन्छ र त्यसमा नेपाल सरकारले तोकेको रङ्ग प्रयोग हुन्छ।
  4. 4४Provinces, and Districts to be included in the concerned Provincesप्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरूSets out the districts to be included in each Province.हरेक प्रदेशमा रहने जिल्लाहरू तोक्छ।
  5. 5५List of Federal Powersसंघको अधिकारको सूचीLists the matters on which the Federation has power.संघको अधिकारका विषयहरूको सूची दिन्छ।
  6. 6६List of Provincial Powersप्रदेशको अधिकारको सूचीLists the matters on which a Province has power.प्रदेशको अधिकारका विषयहरूको सूची दिन्छ।
  7. 7७List of Concurrent Powers of Federation and Provinceसंघ र प्रदेशको साझा अधिकारको सूचीLists the concurrent (shared) powers of the Federation and the Provinces.संघ र प्रदेशको साझा अधिकारका विषयहरूको सूची दिन्छ।
  8. 8८List of Local Level Powersस्थानीय तहको अधिकारको सूचीLists the matters on which the Local Level has power.स्थानीय तहको अधिकारका विषयहरूको सूची दिन्छ।
  9. 9९List of Concurrent Powers of Federation, Province and Local Levelसंघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीLists the concurrent (shared) powers of the Federation, the Provinces and the Local Level.संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका विषयहरूको सूची दिन्छ।

Each schedule starts with a summary in plain words, written for this site. The exact text under it is the law. Where the English translation differs from the Nepali, the authoritative text, the summary follows the Nepali.हरेक अनुसूचीमा पहिले यस साइटले लेखेको सजिलो भाषाको सारांश छ। त्यसमुनिको मूल पाठ नै कानून हो। अङ्ग्रेजी अनुवाद नेपाली पाठभन्दा फरक परेका ठाउँमा सारांश आधिकारिक नेपाली पाठअनुसार छ।

Schedule 1अनुसूची–१National Flag of Nepalनेपालको राष्ट्रिय झण्डा

(Relating to clause (2) of Article 8)(धारा ८ को उपधारा (२) सँग सम्बन्धित)

In plain wordsसजिलो भाषामा

Sets out, step by step, how to make the National Flag of Nepal.नेपालको राष्ट्रिय झण्डा बनाउने तरीका क्रमैसँग बताउँछ।

  • Steps (1) to (5) mark out the shape inside the border on crimson cloth, starting with a line AB of the required length along the lower part.चरण (१) देखि (५) मा सिम्रिक रङ्गको रातो कपडाको तल्लो भागमा चाहिए जति लामो क ख रेखा खिचेर किनाराभित्रको आकार बनाइन्छ।
  • Steps (6) to (18) draw the moon, with 8 equal and similar triangles made inside the semi-circle of step (16) and outside the arc of step (17).चरण (६) देखि (१८) मा चन्द्र बनाइन्छ। चरण (१६) को अर्ध वृत्ताकारभित्र र चरण (१७) को वृत्त खण्डबाहिर चन्द्रमाका ८ वटा बराबरका कोण बनाइन्छ।
  • Steps (19) to (22) draw the sun, with 12 equal and similar triangles between the circles of steps (20) and (21), the tips of 2 of them touching line HI.चरण (१९) देखि (२२) मा सूर्य बनाइन्छ। चरण (२०) र (२१) का वृत्ताकारबीचको घेरामा सूर्यका १२ वटा बराबरका कोण बनाइन्छ, जसका २ वटा चुच्चाले ज झ रेखा छुन्छन्।
  • Step (23) adds a deep blue border, as wide as TN, on all sides of the flag; at its 5 angles, the outer angles equal the inner angles.चरण (२३) मा झण्डाको बाहिरी सबैतिर न ढ को चौडाइ जति गाढा नीलो रङ्गको किनारा थपिन्छ। झण्डाका ५ वटा कोणमा बाहिरी कोण पनि भित्री कोण सरह बनाइन्छ।
  • Under step (24), a flag used with a rope keeps this border. For a pole, the border on side AC is widened as needed. Either way, holes go in the border on side AC.चरण (२४) अनुसार डोरी लगाएर प्रयोग गर्ने झण्डामा माथि बताइएकै किनारा राखिन्छ। लट्ठीमा घुसार्ने भए क ग पट्टिको किनारा आवश्यक जति चौड्याइन्छ। डोरी वा लट्ठीको प्रयोगमा क ग पट्टिको किनारामा प्वाल राखिन्छ।
  • The lines HI, RS, FE, ED, JG, OQ, JK and UV, the sun's outer and inner circles, and the arcs other than the crescent moon are imaginary and are not shown on the flag.ज झ, द ध, च ङ, ङ घ, ञ छ, ण थ, ञ ट र प फ रेखा, सूर्यका बाहिरी र भित्री वृत्ताकार तथा खुर्पे चन्द्रबाहेकका अरू वृत्त खण्ड कल्पित हुन्। यिनलाई झण्डामा देखाइँदैन।
  • The size of the National Flag of Nepal is as decided by the Government of Nepal.राष्ट्रिय झण्डाको आकार नेपाल सरकारले निर्धारण गरे बमोजिम हुन्छ।

Numbers in this textयस पाठका संख्या

  • 8 triangles८ वटा कोणequal and similar triangles of the moonचन्द्रमाका बराबरका कोण
  • 12 triangles१२ वटा कोणequal and similar triangles of the sunसूर्यका बराबरका कोण
The exact text of Schedule 1अनुसूची–१ को मूल पाठThe law itselfकानून आफैं

The method of making the National Flag of Nepal

(a)Method of making the shape inside the border

(1)On the lower portion of a crimson cloth draw a line AB of the required length from left to right.

(2)From A draw a line AC perpendicular to AB making AC equal to AB plus one third AB. From AC mark off D making line AD equal to line AB. Join B and D.

(3)From BD mark off E making BE equal to AB.

(4)Touching E draw a line FG, starting from the point F on line AC, and parallel to AB to the right hand-side. Mark off FG equal to AB.

(5)Join C and G.

(b)Method of making the moon

(6)From AB mark off AH making AH equal to one-fourth of line AB and starting from H draw a line HI parallel to line AC touching line CG at point I.

(7)Bisect CF at J and draw a line JK parallel to AB touching CG at point K.

(8)Let L be the point where lines JK and HI cut one another.

(9)Join J and G.

(10)Let M be the point where line JG and HI cut one another.

(11)With centre M and with a distance shortest from M to BD mark off N on the lower portion of line HI.

(12)Touching M and starting from O, a point on AC, draw a line from left to right parallel to AB.

(13)With centre L and radius LN draw a semi-circle on the lower portion and let P and Q be the points where it touches the line OM respectively.

(14)With centre M and radius MQ draw a semi-circle on the lower portion touching P and Q.

(15)With centre N and radius NM draw an arc touching PNQ at R and S. Join RS. Let T be the point where RS and HI cut one another.

(16)With centre T and radius TS draw a semi-circle on the upper portion of PNQ touching it at two points.

(17)With centre T and radius TM draw an arc on the upper portion of PNQ touching at two points.

(18)Eight equal and similar triangles of the moon are to be made in the space lying inside the semi-circle of No. (16) and outside the arc of No. (17) of this Schedule.

(c)Method of making the sun

(19)Bisect line AF at U, and draw a line UV parallel to AB line touching line BE at V.

(20)With centre W, the point where HI and UV cut one another and radius MN draw a circle.

(21)With centre W and radius LN draw a circle.

(22)Twelve equal and similar triangles of the sun are to be made in the space enclosed by the circles of No. (20) and of No. (21) with the two apexes of two triangles touching line HI.

(d)Method of making the border

(23)The width of the border will be equal to the width TN. This will be of deep blue colour and will be provided on all the side of the flag. However, on the five angles of the flag the external angles will be equal to the internal angles.

(24)The above-mentioned border will be provided in case the flag is to be used with a rope. On the other hand, in case it is to be hoisted on a pole, the hole on the border on the side AC can be extended in accordance with requirements.

Explanation: The lines HI, RS, FE, ED, JG, OQ, JK and UV are imaginary. Similarly, the external and internal circles of the sun and the other arcs except the crescent moon are also imaginary. These are not shown on the flag.

Note: The size of the National Flag of Nepal shall be as determined by the Government of Nepal.

नेपालको राष्ट्रिय झण्डा बनाउने तरीका

(क)किनाराभित्रको आकार बनाउने तरीका

(१)एउटा सिम्रिक रङ्गको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्‍ने ।

(२)क बाट सीधा माथि ग सम्म क ख को लम्बाइ जतिमा क ख कै तृतीयांश थप्दा जति हुन्छ त्यति लामो हुने गरी क ग रेखा खिच्ने । क ग मा क बाट क ख को लम्बाइ जति लिई घ चिनो लगाउने । ख र घ जोड्ने ।

(३)ख घ रेखामा ख बाट क ख जति लिई ङ चिनो लाउने ।

(४)ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरु गरी दाहिनेतिर छ सम्म क ख को लम्बाइ जति रेखा खिच्ने ।

(५)ग र छ लाई जोड्ने ।

(ख)चन्द्र बनाउने तरीका

(६)क ख को चतुर्थांश जति क बाट दाहिनेमा ज चिनो लाउने र त्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुने रेखा खिच्ने ।

(७)ग च को आधा ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिर खिची ग छ लाई ट मा छुने ।

(८)ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिनो राख्‍ने ।

(९)ञ र छ जोड्ने ।

(१०)ञ छ र ज झ काटिएको बिन्दुमा ड चिनो लाउने ।

(११)ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी स्पर्श गर्दा हुने जति दूरी पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिनो लगाउने ।

(१२)ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने र यसले क ग लाई छोएको बिन्दुको नाम ण राख्‍ने ।

(१३)ठ केन्द्र लिएर ठ ढ व्यासार्द्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र ण ड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थ नाम राख्‍ने ।

(१४)ड लाई केन्द्र मानी ड थ व्यासार्द्धले तल्लो भागमा अर्ध वृत्ताकार त थ लाई छुने गरी खिच्ने ।

(१५)ढ केन्द्र मानी ढ ड को व्यासार्द्धले त ढ थ वृत्त खण्डको दुवैतर्फ छुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थ लाई छोएको विन्दुहरूको नाम क्रमशः द र ध राख्‍ने । द ध लाई जोड्ने । द ढ र ज झ काटिएको विन्दुको नाम न राख्‍ने ।

(१६)न लाई केन्द्र मानेर व्यासार्द्ध न ध ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी अर्ध वृत्ताकार खिच्ने ।

(१७)न लाई केन्द्र मानेर व्यासार्द्ध न ड ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी वृत्त खण्ड खिच्ने ।

(१८)यस अनुसूचीको नं. (१६) को अर्ध वृत्ताकार भित्र र नं. (१७) को वृत्त खण्ड बाहिर चन्द्रमाको आठवटा बराबरका कोण बनाउने ।

(ग)सूर्य बनाउने तरीका

(१९)क च को आधा प बाट क ख को समानान्तर पारेर ख ङ मा छुने गरी प फ रेखा खिच्ने ।

(२०)ज झ र प फ काटिएको विन्दु ब केन्द्र मानेर ड ढ को व्यासार्द्धले वृत्ताकार पूरा खिच्ने ।

(२१)ब लाई केन्द्र मानेर ठ ढ व्यासार्द्धले वृत्ताकार पूरा खिच्ने ।

(२२)यो अनुसूचीको नं. (२०) को वृत्ताकार बाहिर र यो अनुसूचीको नं. (२१) को वृत्ताकारभित्र परेको गोल घेराको बीच भागमा सूर्यको बाह्रवटा बराबरका कोणहरू दुई चुच्चाहरूले ज झ रेखामा छुने गरी बनाउने ।

(घ)किनारा बनाउने तरीका

(२३)न ढ को चौडाइ जति गाढा नीलो रङ्गको किनारा झण्डाको आकारको बाहिरी सबैतिरको सीमामा थप्ने, तर झण्डाको पाँच कोणहरूमा चाहिं बाहिरी कोणहरू पनि भित्रै सरहका बनाउने ।

(२४)झण्डा डोरी लगाई प्रयोग गरेमा माथि बताइएकै पट्टी राख्‍ने । झण्डा लट्ठीमा घुसार्ने हो भने क ग पट्टि आवश्यक परे जति किनारा चौड्याउने । डोरी वा लट्ठीको प्रयोगमा क ग को पट्टीमा प्वाल राख्‍ने ।

स्पष्टीकरणः झण्डा बनाउँदा खिचिएका ज झ द ध, च ङ, ङ घ, ञ छ, ण थ, ञ ट र प फ रेखाहरू कल्पित हुन् । त्यस्तै सूर्यका बाहिरी र भित्री वृत्ताकारहरू तथा खुर्पे चन्द्र बाहेक अरु वृत्त खण्ड पनि कल्पित हुन् । यिनलाई झण्डामा देखाइँदैन ।

द्रष्टव्यः राष्ट्रिय झण्डाको आकार नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।

Schedule 2अनुसूची–२National Anthem of Nepalनेपालको राष्ट्रिय गान

(Relating to clause (1) of Article 9)(धारा ९ को उपधारा (१) सँग सम्बन्धित)

The words of the national anthem are printed in this schedule. Read them in the Law Commission's files: राष्ट्रिय गानका शब्द यस अनुसूचीमा छापिएका छन्। कानून आयोगको फाइलमा पढ्नुहोस्: Nepali textनेपाली पाठ · English translationअङ्ग्रेजी अनुवाद.।

Schedule 3अनुसूची–३Coat of Arms of Nepalनेपालको निशान छाप

(Relating to clause (2) of Article 9)(धारा ९ को उपधारा (२) सँग सम्बन्धित)

Amended by the Second Amendment (2020)दोस्रो संशोधनद्वारा संशोधित (२०७७)

In plain wordsसजिलो भाषामा

The Coat of Arms of Nepal can be made larger or smaller as needed, in colours set by the Government of Nepal.नेपालको निशान छाप आवश्यकता अनुसार ठूलो वा सानो बनाउन सकिन्छ र त्यसमा नेपाल सरकारले तोकेको रङ्ग प्रयोग हुन्छ।

  • This Coat of Arms can be made larger or smaller as needed.यो निशान छाप आवश्यकता अनुसार ठूलो वा सानो आकारमा बनाउन सकिन्छ।
  • The colours used on it must be those set by the Government of Nepal.त्यसमा नेपाल सरकारले निर्धारण गरेको रङ्ग प्रयोग गर्नुपर्छ।

The coat of arms is printed as a picture in this schedule: निशान छाप यस अनुसूचीमा चित्रका रूपमा छापिएको छ: see it in the Law Commission's fileकानून आयोगको फाइलमा हेर्नुहोस्. । The note under it:त्यसमुनिको टिप्पणी:

The exact text of Schedule 3अनुसूची–३ को मूल पाठThe law itselfकानून आफैं

Note: This Coat of Arms may be made in larger or smaller size as may be necessary.

The colours determined by the Government of Nepal shall be used on it.

द्रष्टव्यः यो निशान छाप आवश्यकता अनुसार ठूलो वा सानो आकारको बनाउन सकिनेछ । त्यसमा नेपाल सरकारबाट निर्धारित रङ्गको प्रयोग हुनेछ ।

Schedule 4अनुसूची–४Provinces, and Districts to be included in the concerned Provincesप्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू

(Relating to clause (3) of Article 56)(धारा ५६ को उपधारा (३) सँग सम्बन्धित)

In plain wordsसजिलो भाषामा

Sets out the districts to be included in each Province.हरेक प्रदेशमा रहने जिल्लाहरू तोक्छ।

  • The districts are listed under the headings Province No. 1 to Province No. 7.जिल्लाहरू प्रदेश नं. १ देखि प्रदेश नं. ७ सम्मका शीर्षकमुनि सूचीमा छन्।
  • Province No. 4 includes Nawalparasi (East of Bardaghat Susta), and Province No. 5 includes Nawalparasi (West of Bardaghat Susta).प्रदेश नं. ४ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं. ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रहन्छ।
  • Province No. 5 includes Rukum (Eastern Part), and Province No. 6 includes Rukum (Western Part).प्रदेश नं. ५ मा रुकुम (पूर्वी भाग) र प्रदेश नं. ६ मा रुकुम (पश्चिम भाग) रहन्छ।

As printed in the Constitution, where the provinces are numbered 1 to 7. Their names and figures are on the संविधानमा छापिएअनुसार, जहाँ प्रदेशलाई १ देखि ७ नम्बरले जनाइएको छ। प्रदेशका नाम र तथ्याङ्क Placesस्थान pages. पृष्ठमा छन्।

The exact text of Schedule 4अनुसूची–४ को मूल पाठThe law itselfकानून आफैं

Province No. 1

14 districts१४ जिल्ला

  1. Taplejung
  2. Panchthar
  3. Ilam
  4. Sankhuwasabha
  5. Tehrathum
  6. Dhankuta
  7. Bhojpur
  8. Khotang
  9. Solukhumbu
  10. Okhaldhunga
  11. Udayapur
  12. Jhapa
  13. Morang
  14. Sunsari

Province No. 2

8 districts८ जिल्ला

  1. Saptari
  2. Siraha
  3. Dhanusa
  4. Mahottari
  5. Sarlahi
  6. Rautahat
  7. Bara
  8. Parsa

Province No. 3

13 districts१३ जिल्ला

  1. Dolakha
  2. Ramechhap
  3. Sindhuli
  4. Kavrepalanchok
  5. Sindhupalchok
  6. Rasuwa
  7. Nuwakot
  8. Dhading
  9. Chitwan
  10. Makawanpur
  11. Bhaktapur
  12. Lalitpur
  13. Kathmandu

Province No. 4

11 districts११ जिल्ला

  1. Gorkha
  2. Lamjung
  3. Tanahun
  4. Kaski
  5. Manang
  6. Mustang
  7. Parbat
  8. Syangja
  9. Myagdi
  10. Baglung
  11. Nawalparasi (East of Bardaghat Susta)

Province No. 5

12 districts१२ जिल्ला

  1. Nawalparasi (West of Bardaghat Susta)
  2. Rupandehi
  3. Kapilbastu
  4. Palpa
  5. Arghakhanchi
  6. Gulmi
  7. Rukun (Eastern Part)
  8. Rolpa
  9. Pyuthan
  10. Daang
  11. Banke
  12. Bardiya

Province No. 6

10 districts१० जिल्ला

  1. Rukum (Western Part)
  2. Salyan
  3. Dolpa
  4. Jumla
  5. Mugu
  6. Humla
  7. Kalikot
  8. Jajarkot
  9. Dailekh
  10. Surkhet

Province No. 7

9 districts९ जिल्ला

  1. Bajura
  2. Bajhang
  3. Doti
  4. Achham
  5. Darchula
  6. Baitadi
  7. Dadeldhura
  8. Kanchanpur
  9. Kailali

प्रदेश नं. १

14 districts१४ जिल्ला

  1. ताप्लेजुङ
  2. पाँचथर
  3. इलाम
  4. संखुवासभा
  5. तेह्रथुम
  6. धनकुटा
  7. भोजपुर
  8. खोटाङ
  9. सोलुखुम्बु
  10. ओखलढुङ्गा
  11. उदयपुर
  12. झापा
  13. मोरङ
  14. सुनसरी

प्रदेश नं. २

8 districts८ जिल्ला

  1. सप्‍तरी
  2. सिराहा
  3. धनुषा
  4. महोत्तरी
  5. सर्लाही
  6. रौतहट
  7. बारा
  8. पर्सा

प्रदेश नं. ३

13 districts१३ जिल्ला

  1. दोलखा
  2. रामेछाप
  3. सिन्धुली
  4. काभ्रेपलाञ्चोक
  5. सिन्धुपाल्चोक
  6. रसुवा
  7. नुवाकोट
  8. धादिङ
  9. चितवन
  10. मकवानपुर
  11. भक्तपुर
  12. ललितपुर
  13. काठमाडौं

प्रदेश नं. ४

11 districts११ जिल्ला

  1. गोरखा
  2. लमजुङ
  3. तनहुँ
  4. कास्की
  5. मनाङ
  6. मुस्ताङ
  7. पर्वत
  8. स्याङजा
  9. म्याग्दी
  10. बाग्लुङ
  11. नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

प्रदेश नं. ५

12 districts१२ जिल्ला

  1. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
  2. रूपन्देही
  3. कपिलबस्तु
  4. पाल्पा
  5. अर्घाखाँची
  6. गुल्मी
  7. रुकुम (पूर्वी भाग)
  8. रोल्पा
  9. प्यूठान
  10. दाङ
  11. बाँके
  12. बर्दिया

प्रदेश नं. ६

10 districts१० जिल्ला

  1. रुकुम (पश्चिम भाग)
  2. सल्यान
  3. डोल्पा
  4. जुम्ला
  5. मुगु
  6. हुम्ला
  7. कालिकोट
  8. जाजरकोट
  9. दैलेख
  10. सुर्खेत

प्रदेश नं. ७

9 districts९ जिल्ला

  1. बाजुरा
  2. बझाङ
  3. डोटी
  4. अछाम
  5. दार्चुला
  6. बैतडी
  7. डडेल्धुरा
  8. कञ्चनपुर
  9. कैलाली

Schedule 5अनुसूची–५List of Federal Powersसंघको अधिकारको सूची

(Relating to clause (1) of Article 57, and Article 109)(धारा ५७ को उपधारा (१) र धारा १०९ सँग सम्बन्धित)

In plain wordsसजिलो भाषामा

Lists the matters on which the Federation has power.संघको अधिकारका विषयहरूको सूची दिन्छ।

  • 1–4१–४Defence and military, including protecting national unity and territorial integrity, and national security; war and defence; arms and ammunition factories and production; Central Police, Armed Police Force, national intelligence and investigation, and law and order.रक्षा र सेना, जसमा राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण र राष्ट्रिय सुरक्षा पर्छन्; युद्ध र प्रतिरक्षा; हातहतियार, खरखजाना कारखाना तथा उत्पादन; केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय गुप्तचर तथा अनुसन्धान, शान्ति सुरक्षा।
  • 5५28२८Central planning, central bank, financial and monetary policies, currency and banking, foreign grants, aid and loans; insurance policies, securities and regulation of cooperatives.केन्द्रीय योजना, केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ्ग, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण; बीमा नीति, धितोपत्र, सहकारी नियमन।
  • 6–7६–७18१८22२२Foreign and diplomatic affairs, international relations and United Nations matters; international treaties or agreements, extradition, mutual legal assistance, international borders and boundary rivers; international trade, exchange, ports, quarantine; citizenship, passports, visas, immigration.परराष्ट्र तथा कूटनीतिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसंघ सम्बन्धी विषय; अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता, सुपुर्दगी, पारस्परिक कानूनी सहायता, अन्तर्राष्ट्रिय सीमा र सीमा नदी; अन्तर्राष्ट्रिय व्यापार, विनिमय, बन्दरगाह, क्वारेन्टाइन; नागरिकता, राहदानी, भिसा, अध्यागमन।
  • 8८19–20१९–२०Telecommunications, allocation of radio frequency, radio, television and postal matters; civil aviation and international airports; national transport policies, and management of railways and national highways.दूरसञ्चार, रेडियो फ्रिक्वेन्सीको बाँडफाँड, रेडियो, टेलिभिजन र हुलाक; हवाई उड्डयन, अन्तर्राष्ट्रिय विमानस्थल; राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन।
  • 9९Customs, excise duty, value-added tax, corporate income tax, individual income tax, remuneration tax, passport fee, visa fee, tourism fee, service charge and fee, and penalty.भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, दण्ड जरिबाना।
  • 10१०17१७33३३Federal civil service, judicial service and other government services; Federal Parliament, Federal Executive, Local Level affairs and special structure; Constitutional Bodies and commissions of national importance.संघीय निजामती सेवा, न्याय सेवा र अन्य सरकारी सेवा; संघीय संसद, संघीय कार्यपालिका, स्थानीय तह सम्बन्धी मामिला, विशेष संरचना; संवैधानिक निकायहरू, राष्ट्रिय महत्वका आयोगहरू।
  • 11–12११–१२14१४Policies and standards on conserving and making multiple uses of water resources; cross-border and inter-Province electricity transmission lines; large central-level electricity, irrigation and other projects.जलस्रोतको संरक्षण र बहुआयामिक उपयोग सम्बन्धी नीति र मापदण्ड; अन्तरदेशीय तथा अन्तरप्रदेश विद्युत प्रसारण लाइन; केन्द्रीय स्तरका ठूला विद्युत, सिंचाइ र अन्य आयोजना तथा परियोजना।
  • 13१३23–26२३–२६31३१Central statistics (national and international standards and quality); atomic energy, atmosphere and outer space; intellectual property, including patents, designs, trademarks and copyrights; weights and measures; mine excavation; security printing.केन्द्रीय तथ्याङ्क (राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र गुणस्तर); आणविक ऊर्जा, वायुमण्डल र अन्तरिक्ष; बौद्धिक सम्पत्ति (पेटेन्ट, डिजाइन, ट्रेडमार्क र प्रतिलिपि अधिकार समेत); नाप–तौल; खानी उत्खनन; सुरक्षित छापाखाना।
  • 15–16१५–१६32३२Central universities, central-level academies, university standards and regulation, central libraries; health policies, services, standards, quality and monitoring, national or specialised hospitals, traditional treatment and communicable disease control; social security and poverty alleviation.केन्द्रीय विश्वविद्यालय, केन्द्रीयस्तरका प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय; स्वास्थ्य नीति, सेवा, मापदण्ड, गुणस्तर र अनुगमन, राष्ट्रिय वा विशिष्ट सेवा प्रदायक अस्पताल, परम्परागत उपचार सेवा, सरुवा रोग नियन्त्रण; सामाजिक सुरक्षा र गरीबी निवारण।
  • 21२१30३०Laws on the Supreme Court, High Courts, District Courts and administration of justice; making criminal and civil laws.सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तथा न्याय प्रशासन सम्बन्धी कानून; फौजदारी, देवानी कानूनको निर्माण।
  • 27२७29२९34३४National and international environment management, national parks, wildlife reserves and wetlands, national forest policies, carbon services; land use, human settlement development and tourism policies, environment adaptation; sites of archaeological importance and ancient monuments.राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र, राष्ट्रिय वन नीति, कार्बन सेवा; भूउपयोग नीति, बस्ती विकास नीति, पर्यटन नीति, वातावरण अनुकूलन; पुरातात्विक महत्वका स्थान र प्राचीन स्मारक।
  • 35३५Any matter not named in the lists of Federal, Province and Local Level powers or in the Concurrent List, and any matter not specified in this Constitution and federal laws.संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीमा वा साझा सूचीमा उल्लेख नभएको कुनै विषय, तथा यो संविधान र संघीय कानूनमा नतोकिएको विषय।
The exact text of Schedule 5अनुसूची–५ को मूल पाठThe law itselfकानून आफैं

1.Relating to defence and military

(a)Protection of national unity and territorial integrity

(b)Relating to national security

2.War and defence

3.Arms and ammunitions factories and production thereof

4.Central Police, Armed Police Force, national intelligence and investigation, law and order.

5.Central planning, central bank, financial policies, monetary and banking, monetary policies, foreign grants, aid and loans

6.Foreign and diplomatic affairs, international relations and United Nations related matters

7.International treaties or agreements, extradition, mutual legal assistance and international borders, international boundary rivers

8.Telecommunications, allocation of radio frequency, radio, television and postal matters

9.Customs, excise-duty, value-added tax, corporate income tax, individual income tax, remuneration tax, passport fee, visa fee, tourism fee, service charge and fee, penalty

10.Federal civil service, judicial service and other government services

11.Policies relating to conservation and multiple uses of water resources

12.Inland and inter-Province electricity transmission lines

13.Central statistics (national and international standards and quality)

14.Central level large electricity, irrigation and other projects

15.Central universities, central level academies, universities standards and regulation, central libraries

16.Health policies, health services, health standards, quality and monitoring, national or specialised service providing hospitals, traditional treatment services and communicable disease control

17.Federal Parliament, Federal Executive, Local Level related affairs, special structure

18.International trade, exchange, port, quarantine

19.Civil aviation, international airports

20.National transportation policies, management of railways and national highways

21.Laws relating to the Supreme Court, High Courts, District Courts and administration of justice

22.Citizenship, passport, visa, immigration

23.Atomic energy, air space and astronomy

24.Intellectual property (including patents, designs, trademarks and copyrights)

25.Measurement

26.Mines excavation

27.National and international environment management, national parks, wildlife reserves and wetland, national forest policies, carbon services

28.Insurance policies, securities, cooperatives regulation

29.Land use policies, human settlement development policies, tourism policies, environment adaptation

30.Enactment of Criminal and civil laws

31.Security printing

32.Social security and poverty alleviation

33.Constitutional Bodies, Commissions of national importance

34.Sites of archaeological importance and ancient monuments

35.Any matter not enumerated in the Lists of Federal Powers, Province Powers and Local Level Powers or in the Concurrent List and any matter not specified in this Constitution and in federal laws

१.रक्षा र सेना सम्बन्धी

(क)राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण

(ख)राष्ट्रिय सुरक्षा सम्बन्धी

२.युद्ध र प्रतिरक्षा

३.हातहतियार, खरखजाना कारखाना तथा उत्पादन सम्बन्धी

४.केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय गुप्‍तचर तथा अनुसन्धान, शान्ति सुरक्षा

५.केन्द्रीय योजना, केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ्ग, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण

६.परराष्ट्र तथा कूटनीतिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसंघ सम्बन्धी

७.अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता, सुपुर्दगी, पारस्परिक कानूनी सहायता र अन्तर्राष्ट्रिय सीमा, अन्तर्राष्ट्रिय सीमा नदी,

८.दूरसञ्‍चार, रेडियो फ्रिक्वेन्सीको बाँडफाँड, रेडियो, टेलिभिजन र हुलाक

९.भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, दण्ड जरिबाना

१०.संघीय निजामती सेवा, न्याय सेवा र अन्य सरकारी सेवा

११.जलस्रोतको संरक्षण र बहुआयामिक उपयोग सम्बन्धी नीति र मापदण्ड

१२.अन्तरदेशीय तथा अन्तरप्रदेश विद्युत प्रसारण लाइन

१३.केन्द्रीय तथ्याङ्क (राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र गुणस्तर)

१४.केन्द्रीय स्तरका ठूला विद्युत, सिंचाइ र अन्य आयोजना तथा परियोजना

१५.केन्द्रीय विश्‍वविद्यालय, केन्द्रीयस्तरका प्रज्ञा प्रतिष्ठान, विश्‍वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय

१६.स्वास्थ्य नीति, स्वास्थ्य सेवा, स्वास्थ्य मापदण्ड, गुणस्तर र अनुगमन, राष्ट्रिय वा विशिष्ट सेवा प्रदायक अस्पताल, परम्परागत उपचार सेवा, सरुवा रोग नियन्त्रण

१७.संघीय संसद, संघीय कार्यपालिका, स्थानीय तह सम्बन्धी मामिला, विशेष संरचना

१८.अन्तर्राष्ट्रिय व्यापार, विनिमय, बन्दरगाह, क्वारेन्टाइन

१९.हवाई उड्डयन, अन्तर्राष्ट्रिय विमानस्थल

२०.राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन

२१.सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तथा न्याय प्रशासन सम्बन्धी कानून

२२.नागरिकता, राहदानी, भिसा, अध्यागमन

२३.आणविक ऊर्जा, वायुमण्डल र अन्तरिक्ष सम्बन्धी

२४.बौद्धिक सम्पत्ति (पेटेन्ट, डिजाइन, ट्रेडमार्क र प्रतिलिपि अधिकार समेत)

२५.नाप–तौल

२६.खानी उत्खनन

२७.राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र, राष्ट्रिय वन नीति, कार्बन सेवा

२८.बीमा नीति, धितोपत्र, सहकारी नियमन

२९.भूउपयोग नीति, बस्ती विकास नीति, पर्यटन नीति, वातावरण अनुकूलन

३०.फौजदारी, देवानी कानूनको निर्माण

३१.सुरक्षित छापाखाना

३२.सामाजिक सुरक्षा र गरीबी निवारण

३३.संवैधानिक निकायहरू, राष्ट्रिय महत्वका आयोगहरू

३४.पुरातात्विक महत्वका स्थान र प्राचीन स्मारक

३५.संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीमा वा साझा सूचीमा उल्लेख नभएको कुनै विषय तथा यो संविधान र संघीय कानूनमा नतोकिएको विषय

Schedule 6अनुसूची–६List of Provincial Powersप्रदेशको अधिकारको सूची

(Relating to clause (2) of Article 57, clause (4) of Article 162, Article 197, clause (3) of Article 231, clause (7) of Article 232, clause (4) of Article 274 and clause (4) of Article 296)(धारा ५७ को उपधारा (२), धारा १६२ को उपधारा (४), धारा १९७, धारा २३१ को उपधारा (३), धारा २३२ को उपधारा (७), धारा २७४ को उपधारा (४) र धारा २९६ को उपधारा (४) सँग सम्बन्धित)

In plain wordsसजिलो भाषामा

Lists the matters on which a Province has power.प्रदेशको अधिकारका विषयहरूको सूची दिन्छ।

  • 1१13१३Provincial police administration and law and order; Provincial Bureau of Investigation.प्रदेशको प्रहरी प्रशासन र शान्ति सुरक्षा; प्रदेश अनुसन्धान ब्युरो।
  • 2२Operation of financial institutions in line with Nepal Rastra Bank's policies; cooperative institutions; foreign grants and assistance with the consent of the Centre.नेपाल राष्ट्र बैंकको नीति अनुरूप वित्तीय संस्थाहरूको सञ्चालन; सहकारी संस्था; केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग।
  • 3३Operation of radio, F.M. and television.रेडियो, एफ. एम, टेलिभिजन सञ्चालन।
  • 4४House and land registration fee, motor vehicle tax, entertainment tax, advertisement tax, tax on tourism and agricultural income, service charge and fee, and penalty.घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना।
  • 5–6५–६10१०14–15१४–१५Provincial civil service and other government services; Provincial statistics; matters of the Provincial Assembly and Provincial Council of Ministers; physical management and other necessary matters of Provincial government offices; Provincial Public Service Commission.प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा; प्रदेश तथ्याङ्क; प्रदेश सभा, प्रदेश मन्त्रिपरिषद सम्बन्धी विषय; प्रदेश सरकारी कार्यालयहरूको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय; प्रदेश लोक सेवा आयोग।
  • 7७Province-level electricity, irrigation and water supply services, and transport.प्रदेश स्तरको विद्युत, सिंचाइ र खानेपानी सेवा, परिवहन।
  • 8–9८–९Provincial universities, higher education, libraries and museums; health services.प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय; स्वास्थ्य सेवा।
  • 11–12११–१२20२०Intra-Province trade; Provincial highways; agriculture and livestock development, factories, industrialization, trade, business and transportation.प्रदेशभित्रको व्यापार; प्रदेश लोकमार्ग; कृषि तथा पशु विकास, कलकारखाना, औद्योगिकीकरण, व्यापार व्यवसाय, यातायात।
  • 16–17१६–१७19१९Management of land and land records; exploration and management of mines; national forests, water use and environment management within the Province.भूमि व्यवस्थापन, जग्गाको अभिलेख; खानी अन्वेषण र व्यवस्थापन; प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन।
  • 18१८21२१Protection and use of languages, scripts, cultures, fine arts and religions; management of trusts (Guthi).भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग; गुठी व्यवस्थापन।
The exact text of Schedule 6अनुसूची–६ को मूल पाठThe law itselfकानून आफैं

1.Provincial police administration and law and order

2.Operation of banks and financial institutions in accordance with the policies of Nepal Rastra Bank, cooperative institutions, foreign grants and assistance with the consent of the Centre

3.Operation of Radio, F.M., television

4.Housing and land registration fee, motor vehicle tax, entertainment tax, advertisement tax, tax on tourism, agro-income, service charge, fee, penalty

5.Provincial civil service and other government services

6.Provincial statistics

7.Province level electricity, irrigation and water supply services, navigation

8.Provincial universities, higher education, libraries, museums

9.Health services

10.Matters relating to the Provincial Assembly, Provincial Council of Ministers

11.Intra-Province trade

12.Provincial highways

13.Provincial Bureau of Investigation

14.Physical management and other necessary matters of Provincial governmental offices

15.Provincial Public Service Commission

16.Management of land, land records

17.Exploration and management of mines

18.Protection and use of languages, scripts, cultures, fine arts and religions

19.Use of forests and waters and management of environment within the Province

20.Agriculture and livestock development, factories, industrialization, trade, business, transportation

21.Management of trusts (Guthi)

१.प्रदेशको प्रहरी प्रशासन र शान्ति सुरक्षा

२.नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय संस्थाहरुको सञ्‍चालन, सहकारी संस्था, केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग

३.रेडियो, एफ. एम, टेलिभिजन सञ्‍चालन

४.घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्‍जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना

५.प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा

६.प्रदेश तथ्याङ्क

७.प्रदेश स्तरको विद्युत, सिचाइ र खानेपानी सेवा, परिवहन

८.प्रदेश विश्‍वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय

९.स्वास्थ्य सेवा

१०.प्रदेश सभा, प्रदेश मन्त्रिपरिषद सम्बन्धी

११.प्रदेशभित्रको व्यापार

१२.प्रदेश लोकमार्ग

१३.प्रदेश अनुसन्धान ब्युरो

१४.प्रदेश सरकारी कार्यालयहरूको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय

१५.प्रदेश लोक सेवा आयोग

१६.भूमि व्यवस्थापन, जग्गाको अभिलेख

१७.खानी अन्वेषण र व्यवस्थापन

१८.भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग

१९.प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन

२०.कृषि तथा पशु विकास, कलकारखाना, औद्योगिकीकरण, व्यापार व्यवसाय, यातायात

२१.गुठी व्यवस्थापन

Schedule 7अनुसूची–७List of Concurrent Powers of Federation and Provinceसंघ र प्रदेशको साझा अधिकारको सूची

(Relating to clause (3) of Articles 57, Article 109, clause (4) of Article 162, and Article 197)(धारा ५७ को उपधारा (३), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७ सँग सम्बन्धित)

In plain wordsसजिलो भाषामा

Lists the concurrent (shared) powers of the Federation and the Provinces.संघ र प्रदेशको साझा अधिकारका विषयहरूको सूची दिन्छ।

  • 1१3–4३–४Civil and criminal procedure, evidence and oaths; preventive detention for the security of the country, prison and detention management, and peace and order; transfer of accused persons, detainees and prisoners from one Province to another.फौजदारी तथा देवानी कार्यविधि, प्रमाण र शपथ; देशको सुरक्षासँग सम्बन्धित विषयमा निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापन र शान्ति सुरक्षाको व्यवस्था; एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा र कैदीको स्थानान्तरण।
  • 2२Supply, distribution, price control, quality and monitoring of essential goods and services.आवश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन।
  • 5५Laws relating to family affairs (marriage, transfer of property, divorce, persons on the verge of extinction, orphan, adoption, succession and joint family).पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, लोपोन्मुख, टुहुरा, धर्मपुत्र, धर्मपुत्री, उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी कानून।
  • 6–8६–८24२४Acquisition and requisitioning of property and creation of rights in property; contracts, cooperatives, partnership and agency; bankruptcy and insolvency; land policies and related laws.सम्पत्ति प्राप्ति, अधिग्रहण र अधिकारको सृजना; करार, सहकारी, साझेदारी र एजेन्सी सम्बन्धी विषय; टाट पल्टेको र दामासाही सम्बन्धी विषय; भूमि नीति र सो सम्बन्धी कानून।
  • 9–10९–१०Drugs and pesticides; planning, family planning and population management.औषधि र विषादि; योजना, परिवार नियोजन र जनसंख्या व्यवस्थापन।
  • 11११25२५Social security and employment, trade unions, settlement of industrial disputes, labour rights and disputes; employment and unemployment benefit.सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्योगिक विवादको समाधान, श्रमिकका हक, अधिकार र विवाद सम्बन्धी कार्य; रोजगारी र बेरोजगार सहायता।
  • 12१२Legal profession, auditing, engineering, medicine, Ayurvedic medicine, veterinary, Amchi and other professions.कानून व्यवसाय, लेखापरीक्षण, इन्जिनियरिङ, चिकित्सा, आयुर्वेद चिकित्सा, पशु चिकित्सा, आम्ची र अन्य पेशा।
  • 13१३23२३Provincial boundary rivers, waterways, environment protection and biological diversity; use of forests, Himalayas, forest conservation areas and waters spread across Provinces.प्रदेश सीमा नदी, जलमार्ग, वातावरण संरक्षण, जैविक विविधता; अन्तरप्रादेशिक रूपमा फैलिएको जंगल, हिमाल, वन संरक्षण क्षेत्र र जल उपयोग।
  • 14१४16१६19१९Means of communication; casino and lottery; motion pictures, cinema halls and sports.सञ्चार माध्यम सम्बन्धी विषय; क्यासिनो, चिठ्ठा; चलचित्र, सिनेमा हल, खेलकूद।
  • 15१५21–22२१–२२Industries, minerals and physical infrastructure; poverty alleviation and industrialization; scientific research, science and technology, and human resources development.उद्योग तथा खनिज र भौतिक पूर्वाधार; गरीबी निवारण र औद्योगीकरण; वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संसाधन विकास।
  • 17–18१७–१८20२०Preparedness for, rescue and relief during, and recovery from natural and non-natural disasters; tourism, water supply and sanitation; insurance business operation and management.प्राकृतिक तथा गैर प्राकृतिक विपद पूर्व तयारी, उद्धार तथा राहत र पुनर्लाभ; पर्यटन, खानेपानी तथा सरसफाइ; बीमा व्यवसाय सञ्चालन र व्यवस्थापन।
The exact text of Schedule 7अनुसूची–७ को मूल पाठThe law itselfकानून आफैं

1.Civil and criminal procedure, evidence and oaths (legal recognition, public acts and records, and judicial proceedings)

2.Supply, distribution, price control, quality and monitoring of essential goods and services

3.Preventive detention for reasons connected with the security of the country, prison and detention management, and maintenance of peace and order

4.Transfer of accused persons, detainees and prisoners from one Province to another Province

5.Laws relating to family affairs (marriage, transfer of property, divorce, persons on the verge of extinction, orphan, adoption, succession and joint family)

6.Acquisition, requisitioning of property and creation of right in property

7.Contracts, cooperatives, partnership and agency related matters

8.Matters relating to bankruptcy and insolvency

9.Drugs and pesticides

10.Planning, family planning and population management

11.Social security and employment, trade unions, settlement of industrial disputes, labour rights and disputes related matters

12.Legal profession, auditing, engineering, medicines, Ayurvedic medicines, veterinary, Amchi and other professions

13.Provincial boundary river, waterways, environment protection, biological diversity

14.Matters related to means of communication

15.Industries and mines and physical infrastructures

16.Casino, lottery

17.Preparedness for, rescue and relief during, and recovery from, natural and non-natural disasters.

18.Tourism, water supply and sanitation

19.Motion pictures, cinema halls and sports

20.Insurance business operation and management

21.Poverty alleviation and industrialization

22.Scientific research, science and technology and human resources development

23.Utilization of forests, Himalayan (mountains), forest conservation areas and waters stretching in inter-provincial form

24.Land policies and laws relating thereto

25.Employment and unemployment benefit

१.फौजदारी तथा देवानी कार्यविधि र प्रमाण र शपथ (कानूनी मान्यता, सार्वजनिक कार्य र अभिलेख र न्यायिक प्रक्रिया)

२.आवश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन

३.देशको सुरक्षासँग सम्बन्धित विषयमा निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापन र शान्ति सुरक्षाको व्यवस्था

४.एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा र कैदीको स्थानान्तरण

५.पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, लोपोन्मुख, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी कानून

६.सम्पत्ति प्राप्‍ति, अधिग्रहण र अधिकारको सृजना

७.करार, सहकारी, साझेदारी र एजेन्सी सम्बन्धी

८.टाट पल्टेको र दामासाही सम्बन्धी

९.औषधि र विषादि

१०.योजना, परिवार नियोजन र जनसंख्या व्यवस्थापन

११.सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्योगिक विवादको समाधान, श्रमिकका हक, अधिकार र विवाद सम्बन्धी कार्य

१२.कानून व्यवसाय, लेखापरीक्षण, इन्जिनियरिङ, चिकित्सा, आयुर्वेद चिकित्सा, पशु चिकित्सा, आम्ची र अन्य पेशा

१३.प्रदेश सीमा नदी, जलमार्ग, वातावरण संरक्षण, जैविक विविधता

१४.सञ्‍चार माध्यम सम्बन्धी

१५.उद्योग तथा खनिज र भौतिक पूर्वाधार

१६.क्यासिनो, चिठ्ठा

१७.प्राकृतिक तथा गैर प्राकृतिक विपद पूर्व तयारी, उद्धार तथा राहत र पुनर्लाभ

१८.पर्यटन, खानेपानी तथा सरसफाइ

१९.चलचित्र, सिनेमा हल, खेलकूद

२०.बीमा व्यवसाय सञ्‍चालन र व्यवस्थापन

२१.गरीबी निवारण र औद्योगीकरण

२२.वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संसाधन विकास

२३.अन्तरप्रादेशिक रूपमा फैलिएको जंगल, हिमाल, वन संरक्षण क्षेत्र जल उपयोग

२४.भूमि नीति र सो सम्बन्धी कानून

२५.रोजगारी र बेरोजगार सहायता

Schedule 8अनुसूची–८List of Local Level Powersस्थानीय तहको अधिकारको सूची

(Relating to clause (4) of Article 57, clause (2) of Article 214, clause (2) of Article 221 and clause (1) of Article 226)(धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित)

In plain wordsसजिलो भाषामा

Lists the matters on which the Local Level has power.स्थानीय तहको अधिकारका विषयहरूको सूची दिन्छ।

  • 1१12१२Town police; Rural Municipal Assembly, Municipal Assembly, District Assembly, local courts, and management of mediation and arbitration.नगर प्रहरी; गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन।
  • 2२15१५18१८Cooperative institutions; agriculture and animal husbandry, agro-products management, animal health and cooperatives; management, operation and control of agricultural extension.सहकारी संस्था; कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी; कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण।
  • 3३22२२Operation of F.M.; protection and development of languages, cultures and fine arts.एफ. एम सञ्चालन; भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास।
  • 4४Local taxes (property tax, house rent tax, land and building registration fee, motor vehicle tax), service charge and fee, tourism fee, advertisement tax, business tax, land tax (land revenue), penalty, entertainment tax, land revenue collection.स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन।
  • 5–6५–६13–14१३–१४17१७Management of local services; collection of local statistics and records; local records management; distribution of house and land ownership certificates; collection of statistics of the unemployed.स्थानीय सेवाको व्यवस्थापन; स्थानीय तथ्याङ्क र अभिलेख संकलन; स्थानीय अभिलेख व्यवस्थापन; घर जग्गा धनी पुर्जा वितरण; बेरोजगारको तथ्याङ्क संकलन।
  • 7७11११19१९Local Level development plans and projects; local roads, rural roads, agro-roads and irrigation; water supply, small hydropower projects and alternative energy.स्थानीय स्तरका विकास आयोजना तथा परियोजना; स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ; खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा।
  • 8–9८–९16१६Basic and secondary education; basic health and sanitation; management of senior citizens, persons with disabilities and the incapacitated.आधारभूत र माध्यमिक शिक्षा; आधारभूत स्वास्थ्य र सरसफाइ; ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन।
  • 10१०20–21२०–२१Local market management, environment protection and bio-diversity; disaster management; conservation of watersheds, wildlife, mines and minerals.स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता; विपद व्यवस्थापन; जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण।
The exact text of Schedule 8अनुसूची–८ को मूल पाठThe law itselfकानून आफैं

1.Town police

2.Cooperative institutions

3.Operation of F.M.

4.Local taxes (property tax, house rent tax, land and building registration fee, motor vehicle tax), service charge, fee, tourism fee, advertisement tax, business tax, land tax (land revenue), penalty, entertainment tax, land revenue collection

5.Management of the Local services

6.Collection of local statistics and records

7.Local Level development plans and projects

8.Basic and secondary education

9.Basic health and sanitation

10.Local market management, environment protection and bio-diversity

11.Local roads, rural roads, agro-roads, irrigation

12.Rural Municipal Assembly, Municipal Assembly, District Assembly, local courts, management of mediation and arbitration

13.Local records management

14.Distribution of house and land ownership certificates

15.Agriculture and animal husbandry, agro-products management, animal health, cooperatives

16.Management of senior citizens, persons with disabilities and the incapacitated

17.Collection of statistics of the unemployed

18.Management, operation and control of agricultural extension

19.Water supply, small hydropower projects, alternative energy

20.Disaster management

21.Conservation of watersheds, wildlife, mines and minerals

22.Protection and development of languages, cultures and fine arts

१.नगर प्रहरी

२.सहकारी संस्था

३.एफ. एम सञ्‍चालन

४.स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्‍जन कर, मालपोत संकलन

५.स्थानीय सेवाको व्यवस्थापन

६.स्थानीय तथ्याङ्क र अभिलेख संकलन

७.स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू

८.आधारभूत र माध्यमिक शिक्षा

९.आधारभूत स्वास्थ्य र सरसफाइ

१०.स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

११.स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ

१२.गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

१३.स्थानीय अभिलेख व्यवस्थापन

१४.घर जग्गा धनी पुर्जा वितरण

१५.कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

१६.ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

१७.बेरोजगारको तथ्याङ्क संकलन

१८.कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण

१९.खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा

२०.विपद व्यवस्थापन

२१.जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

२२.भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

Schedule 9अनुसूची–९List of Concurrent Powers of Federation, Province and Local Levelसंघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची

(Relating to clause (5) of Article 57, Article 109, clause (4) of Article 162, Article 197, clause (2) of Article 214, clause (2) of Article 221, and clause (1) of Article 226)(धारा ५७ को उपधारा (५), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७, धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित)

In plain wordsसजिलो भाषामा

Lists the concurrent (shared) powers of the Federation, the Provinces and the Local Level.संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका विषयहरूको सूची दिन्छ।

  • 1–4१–४Cooperatives; education, sports and newspapers; health; agriculture.सहकारी; शिक्षा, खेलकूद र पत्रपत्रिका; स्वास्थ्य; कृषि।
  • 5५15१५Services such as electricity, water supply and irrigation; motor vehicle permits.विद्युत, खानेपानी, सिंचाइ जस्ता सेवा; सवारी साधन अनुमति।
  • 6६14१४Service fee, charge, penalty and royalty from natural resources, tourism fee; royalty from natural resources.सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क; प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी।
  • 7–9७–९Forests, wildlife, birds, water uses, environment, ecology and bio-diversity; mines and minerals; disaster management.वन, जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता; खानी तथा खनिज; विपद व्यवस्थापन।
  • 10–11१०–११13१३Social security and poverty alleviation; personal events, births, deaths, marriages and statistics; squatters management.सामाजिक सुरक्षा र गरीबी निवारण; व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क; सुकुम्बासी व्यवस्थापन।
  • 12१२Archaeology, ancient monuments and museums.पुरातत्व, प्राचीन स्मारक र संग्रहालय।
The exact text of Schedule 9अनुसूची–९ को मूल पाठThe law itselfकानून आफैं

1.Cooperatives

2.Education, sports and newspapers

3.Health

4.Agriculture

5.Services such as electricity, water supply, irrigation

6.Service fee, charge, penalty and royalty from natural resources, tourism fee

7.Forests, wildlife, birds, water uses, environment, ecology and bio-diversity

8.Mines and minerals

9.Disaster management

10.Social security and poverty alleviation

11.Personal events, births, deaths, marriages and statistics

12.Archaeology, ancient monuments and museums

13.Squatters management

14.Royalty from natural resources

15.Motor vehicle permits

१.सहकारी

२.शिक्षा, खेलकूद र पत्रपत्रिका

३.स्वास्थ्य

४.कृषि

५.विद्युत, खानेपानी, सिंचाइ जस्ता सेवाहरू

६.सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्‍त रोयल्टी, पर्यटन शुल्क

७.वन, जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

८.खानी तथा खनिज

९.विपद व्यवस्थापन

१०.सामाजिक सुरक्षा र गरीबी निवारण

११.व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क

१२.पुरातत्व, प्राचीन स्मारक र संग्रहालय

१३.सुकुम्बासी व्यवस्थापन

१४.प्राकृतिक स्रोतबाट प्राप्‍त रोयल्टी

१५.सवारी साधन अनुमति

From the Nepal Law Commission's files: नेपाल कानून आयोगका फाइलबाट: the Nepali textनेपाली पाठ (the authoritative one) and (आधिकारिक) र the English translationअङ्ग्रेजी अनुवाद, both with the First (2016) and Second (2020) Amendments (, दुवै पहिलो (२०७२) र दोस्रो (२०७७) संशोधनसहित (our archived copiesहाम्रा सुरक्षित प्रति). । Printing errors found in the files are listed on the फाइलमा भेटिएका छपाइ त्रुटि corrections pageसच्याइएका पृष्ठमा. This site explains what the text says; it is not legal advice. छन्। यस साइटले संविधानमा लेखिएको कुरा मात्र बताउँछ; यो कानूनी सल्लाह होइन।

Back to topमाथि जानुहोस्