Nepal Public Dataनेपाल पब्लिक डाटा

Reports, explainedप्रतिवेदन, सजिलो भाषामा · Public Procurement Monitoring Officeसार्वजनिक खरिद अनुगमन कार्यालय

Public Procurement Monitoring Office: the year 2081/82, explainedसार्वजनिक खरिद अनुगमन कार्यालय: आर्थिक वर्ष २०८१/८२, सजिलो भाषामा

34,900३४,९००

tenders published by public bodies in the government's online procurement system in FY 2081/82 (2024/25), the most in any year since 2073/74, the report says. Bidders sent 168,370 bids in reply.आ.व. २०८१/८२ मा सार्वजनिक निकायले सरकारको विद्युतीय खरिद प्रणालीमा प्रकाशित गरेका बोलपत्र सूचना। प्रतिवेदनअनुसार यो आ.व. २०७३/७४ यताकै सबैभन्दा धेरै हो। यी सूचनामा बोलपत्रदाताले १.६८ लाख बोलपत्र पेस गरे।

FY 2081/82 (2024/25)आ.व. २०८१/८२ · Public Procurement Monitoring Officeसार्वजनिक खरिद अनुगमन कार्यालय

The Public Procurement Monitoring Office oversees how ministries, offices, local levels and other public bodies buy works, goods and services with public money. It proposes changes to procurement law, issues guidelines and model bidding documents, and trains staff. It answers public bodies' questions on the law, blacklists firms on their recommendation and runs the online procurement system, e-GP. Under the Public Procurement Act, it reports each year's work to the government. This page explains its Annual Report 2082, on FY 2081/82, in six findings, each with the page of the report it comes from.

The figures here count tenders, bids, contracts and registrations in e-GP. They come from the report's third chapter.

सार्वजनिक खरिद अनुगमन कार्यालयले मन्त्रालय, कार्यालय, स्थानीय तह र अन्य सार्वजनिक निकायले सार्वजनिक रकमबाट गर्ने निर्माण कार्य, मालसामान र सेवाको खरिदको अनुगमन गर्छ। यसले खरिद कानुनमा संशोधन प्रस्ताव गर्छ, निर्देशिका र नमुना बोलपत्र कागजात जारी गर्छ, र कर्मचारीलाई तालिम दिन्छ। सार्वजनिक निकायले मागेमा कानुनबारे राय दिन्छ, तिनकै सिफारिसमा फर्म र व्यक्तिलाई कालोसूचीमा राख्छ, र विद्युतीय खरिद प्रणाली (ई-जीपी) चलाउँछ। सार्वजनिक खरिद ऐनअनुसार यसले हरेक वर्षको कामको प्रतिवेदन सरकारलाई बुझाउँछ। यो पृष्ठले आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, २०८२ लाई छ बुँदामा सरल भाषामा बुझाउँछ, हरेक बुँदा प्रतिवेदनको कुन पृष्ठबाट लिइएको हो भन्नेसहित।

यहाँका अङ्कले ई-जीपीमा भएका बोलपत्र सूचना, बोलपत्र, ठेक्का र दर्ता गन्छन्। ती प्रतिवेदनको तेस्रो परिच्छेदबाट लिइएका हुन्।

Bids submittedपेस भएका बोलपत्र168,370१,६८,३७०FY 2081/82 (2024/25)आ.व. २०८१/८२Public Procurement Monitoring Officeसार्वजनिक खरिद अनुगमन कार्यालय · Chart No. 6 (read from the chart), page 45Chart No. 6 (read from the chart), पृष्ठ 45
Bids per tender, on averageप्रति सूचना औसत बोलपत्र4.8४.८FY 2081/82 (2024/25)आ.व. २०८१/८२Public Procurement Monitoring Officeसार्वजनिक खरिद अनुगमन कार्यालय · Chart No. 6 (read from the chart), page 45Chart No. 6 (read from the chart), पृष्ठ 45
Tender notices cancelledरद्द भएका बोलपत्र सूचना1,080१,०८०FY 2081/82 (2024/25)आ.व. २०८१/८२Public Procurement Monitoring Officeसार्वजनिक खरिद अनुगमन कार्यालय · Chart No. 5 (read from the chart), page 45Chart No. 5 (read from the chart), पृष्ठ 45
Letters of acceptance issued onlineप्रणालीबाट जारी स्वीकृतिपत्र2,812२,८१२FY 2081/82 (2024/25)आ.व. २०८१/८२Each awards a contract to the chosen bidderछानिएका बोलपत्रदातालाई ठेक्का दिने पत्रPublic Procurement Monitoring Officeसार्वजनिक खरिद अनुगमन कार्यालय · Chart No. 8 (read from the chart), page 47Chart No. 8 (read from the chart), पृष्ठ 47
Bidders newly registeredनयाँ दर्ता भएका बोलपत्रदाता4,905४,९०५FY 2081/82 (2024/25)आ.व. २०८१/८२Public Procurement Monitoring Officeसार्वजनिक खरिद अनुगमन कार्यालय · Chart No. 3 (read from the chart), page 43Chart No. 3 (read from the chart), पृष्ठ 43
Public bodies newly registeredनयाँ दर्ता भएका सार्वजनिक निकाय353३५३FY 2081/82 (2024/25)आ.व. २०८१/८२Public Procurement Monitoring Officeसार्वजनिक खरिद अनुगमन कार्यालय · Chart No. 3 (read from the chart), page 43Chart No. 3 (read from the chart), पृष्ठ 43

About this reportयो प्रतिवेदनबारे

Reportप्रतिवेदन
Annual Report 2082 (वार्षिक प्रतिवेदन, २०८२), Public Procurement Monitoring Office
Published byप्रकाशक
Public Procurement Monitoring Officeसार्वजनिक खरिद अनुगमन कार्यालय
Publishedप्रकाशित
8 Bhadra 2082 (24 August 2025)२०८२ भदौ ८ गते (२४ अगस्ट २०२५)
Lengthआकार
124 pages (PDF, 12.7 MB)१२४ पृष्ठ (PDF, १२.७ MB)
Figures forअङ्कको अवधि
FY 2081/82 (2024/25)आ.व. २०८१/८२
Fingerprintडिजिटल छाप
SHA-256 1eb8a2ae643f9c33…

What's in the 124 pages१२४ पृष्ठमा के छ

The report has 13 parts. Select one to open its first page on the publisher’s website. The dots mark the pages this explainer’s findings come from.प्रतिवेदनमा १३ भाग छन्। कुनै भाग छानेर प्रकाशकको वेबसाइटमा त्यसको पहिलो पृष्ठ खोल्नुहोस्। थोप्लाले यस व्याख्याका बुँदा लिइएका पृष्ठ देखाउँछन्।

  1. Cover, letter and contentsआवरण, पत्र र विषयसूचीPDF pages 1–6PDF पृष्ठ १–६The cover, the committee that prepared the report, the Secretary's letter presenting it to the Prime Minister's Office, and the contents.आवरण, प्रतिवेदन तयार गर्ने समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पेस गर्ने सचिवको पत्र, र विषयसूची।
  2. Executive summaryकार्यकारी सारांशpages 1–2पृष्ठ १–२The year's main work in brief: changes to the law, opinions, blacklisting, training, monitoring, complaints and e-GP. The best place to start.वर्षभरिका मुख्य काम छोटकरीमा: कानुन संशोधन, राय-परामर्श, कालोसूची, तालिम, अनुगमन, गुनासो र ई-जीपी। सुरु गर्ने उत्तम ठाउँ।
  3. Chapter 1: Procurement lawपरिच्छेद १: खरिद कानुनpages 3–11पृष्ठ ३–११What public procurement is, how Nepal's procurement law developed, and the main rules of the Public Procurement Act 2063 and Regulations 2064.सार्वजनिक खरिद के हो, नेपालको खरिद कानुन कसरी विकसित भयो, र सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ का मुख्य व्यवस्था।
  4. Chapter 1: The Officeपरिच्छेद १: कार्यालयpages 12–25पृष्ठ १२–२५Why the Office was set up and what it must do, its divisions and staff, its building, and its own budget and spending.कार्यालय किन स्थापना भयो र यसका जिम्मेवारी, महाशाखा र कर्मचारी, भवन, र कार्यालयको आफ्नै बजेट तथा खर्च।
  5. Chapter 2: The year's main workपरिच्छेद २: वर्षभरिका मुख्य कामpages 26–37पृष्ठ २६–३७Changes to the law, monitoring of public bodies, training, the website, opinions, blacklisting, court cases, the review committee and complaints.कानुन संशोधन, सार्वजनिक निकायको अनुगमन, तालिम, वेबसाइट, राय-परामर्श, कालोसूची, अदालती मुद्दा, पुनरावलोकन समिति र गुनासो।
  6. Chapter 3: The electronic procurement systemपरिच्छेद ३: विद्युतीय खरिद प्रणालीpages 38–49पृष्ठ ३८–४९What e-GP covers, the year's figures on tenders, bids, registrations and contracts, training, and IT work. This page's figures come from here.ई-जीपीले के-के समेट्छ, बोलपत्र सूचना, बोलपत्र, दर्ता र ठेक्काका वार्षिक अङ्क, तालिम, र सूचना प्रविधिका काम। यस पृष्ठका अङ्क यहीँबाट लिइएका हुन्।
  7. Chapter 4: Problems, challenges and the way aheadपरिच्छेद ४: समस्या, चुनौती र भावी कार्यदिशाpages 50–56पृष्ठ ५०–५६The Office's own account of what is wrong with public procurement in Nepal, and what should be done now and later.नेपालको सार्वजनिक खरिदमा देखिएका समस्याबारे कार्यालयको आफ्नै विवरण, र तत्काल तथा पछि गर्नुपर्ने काम।
  8. Annexes 1–2: organisation and asking for an opinionअनुसूची १–२: सङ्गठन र राय माग्ने प्रक्रियाpages 57–63पृष्ठ ५७–६३The Office's organisation chart and posts, and how a public body should ask the Office for an opinion.कार्यालयको सङ्गठन संरचना र दरबन्दी, र सार्वजनिक निकायले कार्यालयसँग राय माग्ने तरिका।
  9. Annex 3: opinions givenअनुसूची ३: राय-परामर्शpages 64–80पृष्ठ ६४–८०Questions public bodies asked about the law during the year, and the Office's answers.वर्षभरिमा सार्वजनिक निकायले कानुनबारे सोधेका प्रश्न र कार्यालयका जवाफ।
  10. Annex 4: circularsअनुसूची ४: परिपत्रpages 81–87पृष्ठ ८१–८७Instructions the Office has sent to all public bodies, such as on using e-GP and preferring goods made in Nepal.कार्यालयले सबै सार्वजनिक निकायलाई पठाएका निर्देशन, जस्तै ई-जीपीको प्रयोग र स्वदेशी उत्पादनलाई प्राथमिकता।
  11. Annex 5: blacklistingअनुसूची ५: कालोसूचीpages 88–108पृष्ठ ८८–१०८The firms blacklisted during the year, for how long and why, and the number blacklisted each year since 2064/65.वर्षभरिमा कालोसूचीमा परेका फर्म, अवधि र कारण, र आ.व. २०६४/६५ यता हरेक वर्ष कालोसूचीमा परेको सङ्ख्या।
  12. Annexes 6–7: documents in force and the year's progressअनुसूची ६–७: लागू कागजात र वार्षिक प्रगतिpages 109–113पृष्ठ १०९–११३The standard bidding documents and guidelines in force, and the progress of the Office's own programmes and spending.लागू नमुना बोलपत्र कागजात र निर्देशिका, र कार्यालयका आफ्नै कार्यक्रम तथा खर्चको प्रगति।
  13. Photographsतस्बिरpages 114–118पृष्ठ ११४–११८Photographs of the Office's training and other events.कार्यालयका तालिम र अन्य कार्यक्रमका तस्बिर।

How many tenders public bodies published, and for whatसार्वजनिक निकायले कति बोलपत्र सूचना निकाले, केका लागि

Public bodies published 34,900 tenders in e-GP in 2081/82: 26,085 tenders for construction works, 8,497 tenders for goods and 318 tenders for consultancy services. In 2073/74, the first year in the report's chart, there were 483 tenders.

The report says tenders for goods and for works have grown every year. Tenders for consultancy services were most numerous in 2078/79, at 410 tenders. Its monthly chart shows more tenders from Bhadra to Chaitra. The fewest come in Asar, the last month of the fiscal year.

Since a circular of Shrawan 2080, the report says, open bidding must use e-GP at every step, from the procurement plan to the contract.

२०८१/८२ मा सार्वजनिक निकायले ई-जीपीमा ३४,९०० बोलपत्र सूचना प्रकाशित गरे: निर्माण कार्यका २६,०८५ बोलपत्र, मालसामानका ८,४९७ बोलपत्र र परामर्श सेवाका ३१८ बोलपत्र। प्रतिवेदनको चार्टको पहिलो वर्ष, २०७३/७४ मा, यो सङ्ख्या ४८३ बोलपत्र थियो।

प्रतिवेदनअनुसार मालसामान र निर्माण कार्यका बोलपत्र हरेक वर्ष बढ्दै गएका छन्। परामर्श सेवाका बोलपत्र सबैभन्दा धेरै २०७८/७९ मा (४१० बोलपत्र) प्रकाशित भएका थिए। प्रतिवेदनको मासिक चार्टअनुसार सार्वजनिक निकायले भदौदेखि चैतसम्म बढी बोलपत्र आह्वान गर्छन्, र आर्थिक वर्षको अन्तिम महिना असारमा सबैभन्दा कम।

प्रतिवेदनअनुसार साउन २०८० को परिपत्रदेखि खुला बोलपत्र आह्वान गर्ने सार्वजनिक निकायले खरिद योजनादेखि सम्झौतासम्मका सबै काम अनिवार्य रूपमा ई-जीपीबाटै गर्नुपर्छ।

Read it in the report, page 42प्रतिवेदनमा पढ्नुहोस्, पृष्ठ ४२ (PDF, opens in a new tab) (PDF, नयाँ ट्याबमा खुल्छ)

Tenders published in e-GP, by kind of purchaseखरिदको किसिमअनुसार ई-जीपीमा प्रकाशित बोलपत्र सूचना

Tender notices, by fiscal yearबोलपत्र सूचना, आर्थिक वर्षअनुसार

What the tenders were for, 2081/82बोलपत्र सूचना केका लागि थिए, २०८१/८२

Tender noticesबोलपत्र सूचना

How big the tenders wereबोलपत्र कति ठूला थिए

Each tender carries the public body's own cost estimate. In 2081/82, 27,228 tenders were estimated at up to Rs 10 million (Rs 1 crore). At the top end, 106 tenders were estimated at more than Rs 500 million (Rs 50 crore). The report says that the larger the estimate, the fewer the tenders.

A year earlier, in 2080/81, there were 20,235 tenders in the smallest band and 105 tenders in the largest.

Among the problems it lists, the report says small purchases for basic public services follow the same procedure as large, complex projects.

हरेक बोलपत्र सूचनामा सार्वजनिक निकाय आफैँले गरेको लागत अनुमान हुन्छ। २०८१/८२ मा २७,२२८ बोलपत्रको लागत अनुमान रु. १ करोडसम्म थियो, र १०६ बोलपत्रको रु. ५० करोडभन्दा माथि। प्रतिवेदनअनुसार लागत अनुमान जति ठूलो, बोलपत्रको सङ्ख्या त्यति नै कम।

एक वर्षअघि, २०८०/८१ मा, सबैभन्दा सानो समूहमा २०,२३५ बोलपत्र र सबैभन्दा ठूलो समूहमा १०५ बोलपत्र थिए।

प्रतिवेदनले समस्याको सूचीमा नागरिकलाई तत्काल चाहिने आधारभूत सेवासम्बन्धी साना खरिद र ठूला तथा जटिल आयोजनाको खरिदबीच प्रक्रियामा कुनै फरक नभएको उल्लेख गरेको छ।

Read it in the report, page 46प्रतिवेदनमा पढ्नुहोस्, पृष्ठ ४६ (PDF, opens in a new tab) (PDF, नयाँ ट्याबमा खुल्छ)

Tenders by cost estimate, 2081/82लागत अनुमानअनुसार बोलपत्र सूचना, २०८१/८२

Tender notices, by the public body's cost estimateबोलपत्र सूचना, सार्वजनिक निकायको लागत अनुमानअनुसार

The bands are the report's own; Rs 10 million is Rs 1 crore.लागत अनुमानका समूह प्रतिवेदनकै हुन्।

Each cost band, 2081/82हरेक लागत समूह, २०८१/८२

Tender notices; the marker shows 2080/81बोलपत्र सूचना; चिह्नले २०८०/८१ देखाउँछ

How many bids each tender drewहरेक सूचनामा कति बोलपत्र परे

Bidders submitted 168,370 bids in 2081/82, against 105,019 bids in 2076/77. That is 4.8 bids for each tender on average, as the report's chart prints it. The report notes that bidders sent the most bids per tender in 2077/78: 6.4 on average.

The report's list of problems includes purchases split up or bundled in ways that limit competition. It also names specifications written to match one brand. Among its challenges, it says bidding becomes difficult as more bidders take part, and some complain they could not bid.

The Office received complaints about purchases of works, goods and consultancy services. The report says they were mainly about faulty qualification criteria, specifications only one company could meet, and irregular evaluation. They were also about collusion, review of decisions, and purchases not made under the Act.

२०८१/८२ मा बोलपत्रदाताले १.६८ लाख बोलपत्र पेस गरे; २०७६/७७ मा यो सङ्ख्या १.०५ लाख बोलपत्र थियो। प्रतिवेदनको चार्टअनुसार यो हरेक सूचनामा औसत ४.८ बोलपत्र हो। प्रतिवेदनअनुसार प्रति सूचना सबैभन्दा धेरै बोलपत्र २०७७/७८ मा परेका थिए: औसत ६.४।

नेपालको सार्वजनिक खरिदका समस्याको सूचीमा प्रतिवेदनले प्रतिस्पर्धा सीमित हुने गरी खरिदलाई टुक्र्याउने (स्लाइसिङ) वा प्याकेजमा बाँध्ने (प्याकेजिङ), र निश्चित ब्रान्डसँग मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाउने प्रवृत्तिलाई राखेको छ। बोलपत्रदाता बढेसँगै बोलपत्र पेस गर्न कठिनाइ हुने गरेको र सबैले बोलपत्र हाल्न नपाएको गुनासो आउने गरेको पनि यसले चुनौतीको सूचीमा राखेको छ।

कार्यालयमा निर्माण कार्य, मालसामान र परामर्श सेवा खरिदबारे गुनासो परे। प्रतिवेदनअनुसार ती विशेषगरी बोलपत्र कागजातका योग्यताका आधारमा त्रुटि, एउटै कम्पनीसँग मात्र मिल्ने स्पेसिफिकेसन, मूल्याङ्कनमा अनियमितता, मिलेमतो, निर्णय पुनरावलोकन, र ऐनअनुसार खरिद नभएकोसँग सम्बन्धित थिए।

Read it in the report, page 45प्रतिवेदनमा पढ्नुहोस्, पृष्ठ ४५ (PDF, opens in a new tab) (PDF, नयाँ ट्याबमा खुल्छ)

Bids submitted in e-GPई-जीपीमा पेस भएका बोलपत्र

Bids, by fiscal yearबोलपत्र, आर्थिक वर्षअनुसार

From the report's Chart No. 6 (page 45). Its text gives a slightly different number of bids for 2081/82; the chart's figure agrees with its own average per tender.प्रतिवेदनको चार्ट नं. ६ (पृष्ठ ४५) बाट। प्रतिवेदनको पाठमा २०८१/८२ का बोलपत्रको सङ्ख्या अलिकति फरक छ; चार्टको अङ्क त्यसकै प्रति सूचना औसतसँग मिल्छ।

Bids per tender, on averageप्रति सूचना औसत बोलपत्र

Bids submitted divided by tenders published, as the report prints itपेस भएका बोलपत्रलाई प्रकाशित सूचनाले भाग गर्दा, प्रतिवेदनमा छापिएअनुसार

For 2077/78, the report's text gives a slightly lower average than its chart; the chart's figure is shown.२०७७/७८ का लागि प्रतिवेदनको पाठमा चार्टभन्दा अलिकति कम औसत छ; यहाँ चार्टकै अङ्क देखाइएको छ।

How many tenders were cancelled, and what goes wrongकति बोलपत्र सूचना रद्द भए, र के-के समस्या छन्

Public bodies cancelled 1,080 tenders in 2081/82, against 1,005 tenders the year before. The report says cancellations rose along with the number of tenders.

Among its challenges, the report says the Act, the Regulations and the standard bidding documents are not used as intended. Some public bodies use them wrongly, without understanding them, so that the bidding itself has to be cancelled, it says.

The report also refers to the annual reports of the Auditor General and the anti-corruption commission. It says they have repeatedly named public procurement as a main area where public money is misused. Its list of problems includes contracts carried out poorly and late, and advances taken without the work being done. It adds that users' committees that take on work and have contractors do it have let irregularities grow.

२०८१/८२ मा सार्वजनिक निकायले १,०८० बोलपत्र सूचना रद्द गरे, जुन अघिल्लो वर्ष १,००५ बोलपत्र थियो। प्रतिवेदनअनुसार प्रकाशित बोलपत्र बढेसँगै रद्द हुने सङ्ख्या पनि बढेको छ।

चुनौतीको सूचीमा प्रतिवेदनले सार्वजनिक खरिद ऐन, नियमावली र नमुना बोलपत्र कागजात तिनको भावनाअनुसार प्रयोग हुन नसकेको उल्लेख गरेको छ। कतिपय सार्वजनिक निकायले नबुझेर गलत प्रयोग गर्दा बोलपत्र प्रक्रिया नै रद्द गर्नुपर्ने भएको प्रतिवेदनको भनाइ छ।

महालेखापरीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वार्षिक प्रतिवेदनले सार्वजनिक खरिदलाई सार्वजनिक कोषको दुरुपयोग हुने मुख्य क्षेत्रका रूपमा पटक-पटक औँल्याउने गरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ। यसको समस्याको सूचीमा ठेक्का सम्झौताको कमजोर कार्यान्वयन र तोकिएको समयमा काम सम्पन्न नहुनु, र पेस्की लिएर काम नगर्ने प्रवृत्ति पनि छन्। उपभोक्ता समितिले काम जिम्मा लिएर निर्माण व्यवसायीबाट गराउने प्रवृत्तिले अनियमितता मौलाएको पनि यसले उल्लेख गरेको छ।

Read it in the report, page 45प्रतिवेदनमा पढ्नुहोस्, पृष्ठ ४५ (PDF, opens in a new tab) (PDF, नयाँ ट्याबमा खुल्छ)

Tender notices cancelledरद्द भएका बोलपत्र सूचना

Notices, by fiscal yearसूचना, आर्थिक वर्षअनुसार

How many contracts were awarded through the systemप्रणालीबाट कति ठेक्का दिइयो

A letter of acceptance awards a contract to the chosen bidder. Public bodies issued 2,812 letters through e-GP in 2081/82, against 378 letters in 2076/77. The report says the number has grown every year.

Not every step happens in the system yet. Among its challenges, the report says e-GP does not reach contract management. Its monitoring found that most public bodies it monitored had an annual procurement plan, but most had no master plan. Some used e-GP no further than the opening of bids. The report says the e-GP server lacks capacity and some software has reached the end of its support.

Equipment to upgrade the server was not bought this year either, the report says, because of a cabinet decision. That decision ends separate data centres and servers for each body, and puts government data in one integrated data centre. Among its immediate tasks, the report says e-GP should be upgraded to cover every part of procurement, with bidders' profiles. In the long run, it says, all procurement by public bodies should go through e-GP.

स्वीकृतिपत्रले छानिएका बोलपत्रदातालाई ठेक्का दिन्छ। २०८१/८२ मा सार्वजनिक निकायले ई-जीपीबाट २,८१२ स्वीकृतिपत्र जारी गरे; २०७६/७७ मा यो सङ्ख्या ३७८ स्वीकृतिपत्र थियो। प्रतिवेदनअनुसार यो सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ।

खरिदका सबै चरण अझै प्रणालीमा भइसकेका छैनन्। चुनौतीको सूचीमा प्रतिवेदनले ई-जीपी करार व्यवस्थापनसम्म पुग्न नसकेको उल्लेख गरेको छ। कार्यालयले अनुगमन गरेका अधिकांश निकायमा वार्षिक खरिद योजना भए पनि धेरैजसोमा खरिद गुरुयोजना बनेको थिएन, र कतिपयले ई-जीपी बोलपत्र खोल्ने प्रक्रियासम्म मात्र प्रयोग गरेका थिए। ई-जीपी सर्भरको क्षमता पर्याप्त नभएको र प्रयोगमा रहेका केही सफ्टवेयरको सपोर्ट अवधि सकिएको पनि प्रतिवेदनले बताएको छ।

हरेक निकायले छुट्टाछुट्टै डाटा केन्द्र र सर्भर राख्ने चलन हटाई सरकारी डाटा एउटै एकीकृत डाटा केन्द्रमा राख्ने मन्त्रिपरिषद्को निर्णयका कारण सर्भर स्तरोन्नतिका उपकरण यस वर्ष पनि किन्न नसकिएको प्रतिवेदनमा उल्लेख छ। तत्काल गर्नुपर्ने काममा प्रतिवेदनले ई-जीपीलाई बोलपत्रदाताको प्रोफाइलसमेत समेटेर खरिदका सबै पक्ष समेट्ने गरी स्तरोन्नति गर्नुपर्ने बताएको छ। दीर्घकालमा सार्वजनिक निकायका सबै खरिद ई-जीपीबाटै गर्नुपर्ने उसको भनाइ छ।

Read it in the report, page 47प्रतिवेदनमा पढ्नुहोस्, पृष्ठ ४७ (PDF, opens in a new tab) (PDF, नयाँ ट्याबमा खुल्छ)

Letters of acceptance issued through e-GPई-जीपीबाट जारी स्वीकृतिपत्र

Letters, by fiscal yearस्वीकृतिपत्र, आर्थिक वर्षअनुसार

Who signs up to use the systemप्रणालीमा को-को दर्ता हुन्छन्

Public bodies and bidders register in e-GP to use it. In 2081/82, 4,905 bidders and 353 public bodies registered for the first time.

The report notes that registrations of public bodies peaked in 2075/76, at 1,247 public bodies, and those of bidders in 2077/78, at 7,283 bidders. It says new registrations of public bodies have been falling in recent years. Government boards were the largest group of public bodies registering each year, it says.

To help users, the Office runs an e-GP help desk by phone and remote connection. It also trains public bodies' staff and bidders to use the system.

ई-जीपी प्रयोग गर्न सार्वजनिक निकाय र बोलपत्रदाता त्यसमा दर्ता हुन्छन्। २०८१/८२ मा ४,९०५ बोलपत्रदाता र ३५३ निकाय पहिलो पटक दर्ता भए।

प्रतिवेदनअनुसार सबैभन्दा धेरै सार्वजनिक निकाय २०७५/७६ मा (१,२४७ निकाय) र सबैभन्दा धेरै बोलपत्रदाता २०७७/७८ मा (७,२८३ बोलपत्रदाता) दर्ता भएका थिए। पछिल्ला वर्षमा सार्वजनिक निकायको नयाँ दर्ता घट्दो क्रममा रहेको प्रतिवेदनले बताएको छ। हरेक वर्ष दर्ता हुने सार्वजनिक निकायमध्ये सबैभन्दा धेरै सरकारी बोर्ड रहेको पनि यसमा उल्लेख छ।

प्रयोगकर्तालाई सघाउन कार्यालयले फोन र रिमोट कनेक्सनमार्फत ई-जीपी हेल्प डेस्क चलाउँछ। यसले सार्वजनिक निकायका कर्मचारी र बोलपत्रदातालाई प्रणाली प्रयोगसम्बन्धी तालिम पनि दिन्छ।

Read it in the report, page 43प्रतिवेदनमा पढ्नुहोस्, पृष्ठ ४३ (PDF, opens in a new tab) (PDF, नयाँ ट्याबमा खुल्छ)

New registrations in e-GPई-जीपीमा नयाँ दर्ता

Bidders and public bodies registered for the first time, by fiscal yearपहिलो पटक दर्ता भएका बोलपत्रदाता र सार्वजनिक निकाय, आर्थिक वर्षअनुसार

Words to knowजान्नैपर्ने शब्द

Public procurementसार्वजनिक खरिद
Buying by a public body, with public money, of goods, construction works, consultancy or other services.सार्वजनिक निकायले सार्वजनिक रकमबाट गर्ने मालसामान, निर्माण कार्य, परामर्श वा अन्य सेवाको खरिद।
Public bodyसार्वजनिक निकाय
A body the Public Procurement Act covers. These include federal and province ministries and offices, courts, local levels, and government-owned companies, boards and corporations. Universities and colleges the government runs or mostly funds are covered too.सार्वजनिक खरिद ऐन लागू हुने निकाय: सङ्घ र प्रदेशका मन्त्रालय तथा कार्यालय, अदालत, स्थानीय तह, सरकारी स्वामित्वका कम्पनी, बोर्ड र संस्थान, र सरकारले चलाउने वा अधिकांश अनुदान दिने विश्वविद्यालय तथा क्याम्पस लगायत।
e-GPविद्युतीय खरिद प्रणाली (ई-जीपी)
Electronic Government Procurement: the single online system the Office runs, at bolpatra.gov.np. Public bodies publish tenders there and bidders submit bids.कार्यालयले bolpatra.gov.np मा चलाउने एकल अनलाइन खरिद प्रणाली। सार्वजनिक निकायले त्यहाँ बोलपत्र सूचना प्रकाशित गर्छन् र बोलपत्रदाताले बोलपत्र पेस गर्छन्।
Tender and bidबोलपत्र सूचना र बोलपत्र
A tender is a public body's notice inviting offers for a purchase. A bid is a bidder's offer in reply, with its price.बोलपत्र सूचना भनेको खरिदका लागि प्रस्ताव माग्दै सार्वजनिक निकायले निकाल्ने सूचना हो। बोलपत्र भनेको त्यसको जवाफमा बोलपत्रदाताले मूल्यसहित पेस गर्ने प्रस्ताव हो।
Works, goods and consultancy servicesनिर्माण कार्य, मालसामान र परामर्श सेवा
The three kinds of purchase the report counts: building or repairing things such as roads and buildings; buying goods; and hiring experts for studies, designs or supervision.प्रतिवेदनले गन्ने तीन किसिमका खरिद: सडक, भवनजस्ता संरचना बनाउने वा मर्मत गर्ने काम; सामान किन्ने; र अध्ययन, डिजाइन वा सुपरिवेक्षणका लागि विज्ञ लिने।
Cost estimateलागत अनुमान
The public body's own estimate of what a purchase will cost, made before it invites bids.बोलपत्र आह्वान गर्नुअघि खरिदमा कति लागत लाग्छ भनी सार्वजनिक निकायले आफैँ गरेको अनुमान।
Letter of acceptanceस्वीकृतिपत्र
The letter by which a public body accepts the chosen bid and awards the contract. The bidder then gives a performance guarantee and signs the contract.छानिएको बोलपत्र स्वीकृत गरी ठेक्का दिने सार्वजनिक निकायको पत्र। त्यसपछि बोलपत्रदाताले कार्यसम्पादन जमानत दिएर सम्झौता गर्छ।
Standard bidding documentsनमुना बोलपत्र कागजात
Model tender documents the Office issues for each kind of purchase. Public bodies are to use them when they invite bids.हरेक किसिमको खरिदका लागि कार्यालयले जारी गर्ने नमुना कागजात। बोलपत्र आह्वान गर्दा सार्वजनिक निकायले यिनै प्रयोग गर्नुपर्छ।
Blacklistingकालोसूची
Barring a bidder, supplier, consultant or contractor from public procurement for one to three years. Reasons include not signing a contract it won, or not doing the work agreed. The Office decides, on a public body's recommendation.बोलपत्रदाता, आपूर्तिकर्ता, परामर्शदाता वा निर्माण व्यवसायीलाई एकदेखि तीन वर्षसम्म सार्वजनिक खरिदमा भाग लिन रोक्ने कारबाही, जस्तै छानिएपछि सम्झौता गर्न नआएमा वा सम्झौताअनुसार काम नगरेमा। सार्वजनिक निकायको सिफारिसमा कार्यालयले निर्णय गर्छ।
Slicing and packagingस्लाइसिङ र प्याकेजिङ
Splitting one purchase into smaller ones, or bundling purchases together, in ways that limit who can compete. The report lists both among the problems of procurement.एउटै खरिदलाई टुक्र्याउने वा धेरै खरिदलाई एउटै प्याकेजमा बाँध्ने काम, जसले प्रतिस्पर्धा गर्न सक्नेलाई सीमित गर्छ। प्रतिवेदनले दुवैलाई खरिदका समस्याको सूचीमा राखेको छ।
Contract managementकरार व्यवस्थापन
Everything after a contract is signed: checking the work, paying for it, and changing or ending the contract.सम्झौतापछिका सबै काम: कामको जाँच, भुक्तानी, र सम्झौता संशोधन वा अन्त्य।
Procurement plan and master planखरिद योजना र गुरुयोजना
An annual procurement plan lists what a public body will buy in the coming year. A master plan does the same for projects that run longer than a year, or for large yearly purchases.वार्षिक खरिद योजनाले सार्वजनिक निकायले आउने वर्ष के-के किन्छ भन्ने देखाउँछ। एक वर्षभन्दा लामो आयोजना वा ठूलो वार्षिक खरिदका लागि गुरुयोजनाले त्यही काम गर्छ।

Every measure on this pageयस पृष्ठका सबै सूचक

Each one has its own page with its full history, definition and source.हरेकको आफ्नै पृष्ठ छ: पूरा इतिहास, परिभाषा र स्रोतसहित।

Related topicsसम्बन्धित विषय

Back to topमाथि जानुहोस्